फुटबल टोली थाईल्याण्ड जाँदै


आसन्न एसियाडको तयारीमा रहेको नेपाली फुटबल टोली १० दिने अभ्यासका लागि आज थाईल्याण्ड जाँदैछ ।

२३ बर्ष मुनीको टोली मध्यान्ह १२ बजेपछि थाईल्याण्ड जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

थाईल्याण्ड भ्रमणका क्रममा नेपाली टोलीले साउन २२ गते टेरो पुलिस तथा साउन २५ गते थाईल्याण्डको २३ बर्ष मुनीको टोलीसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

अभ्यासपछि नेपाली टोली बैंककबाटै एसियाड आयोजनास्थल ईण्डोनेसिया जानेछ । साउन २५ गतेबाट सुरु हुने एसियाड फुटबलमा नेपाल समुह डीमा रहेको छ ।

यो समुहमा नेपालसँगै जापान, भियतनाम र पाकिस्तान पनि रहेका छन् । यसैबीच थाईल्याण्ड जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबलसंघ एन्फाले बिदाई गरेको छ ।

सातदोबाटोस्थित मुख्यालयमा एक कार्यक्रमकाबीच टोलीका सदस्यलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फा पदाधिकारीले बिदाई गरेका हुन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: