सर्वाधिक पुरस्कार राशीको महिला भलिबल प्रतियोगिता आगामी असोजमा


सर्वाधिक पुरस्कार राशीको आधीआवाधी महिला भलिबल लिग प्रतियोगिता आगामी असोज तेस्रो साता हुने भएको छ ।

नेपाल भलिबल संघले हिजो राजधानीमा पत्रकार सम्मेलन गरेर असोज १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा ६ टोली सहभागी हुने जानकारी दिएको हो ।

टोलीले ४ जना भारतीय खेलाडी टिममा राखी ३ जनालाई खेलाउन सक्नेछन् ।

प्रतियोगितामा ३ विभागीय सहित काठमाण्डौ क्वीन्स, चितवन टाईग्रेस र पोखरा पिन्केज गरी ६ वटा टीमको सहभागिता रहने छ ।

विजेताले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र ५० हजार रुपैयाँ पाउनेछन् ।

सहभागी टोलीलाई तयारी खर्चका लागि १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने भलिबल संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए। संघले प्रतियोगिताको मुख्य प्रायोजक भारतीय संस्था आधीआवाधी फाउन्डेशनसँग १० वर्षका लागि प्रायोजन सम्झौता समेत गरेको छ ।

सम्झौता अनुसार फाउन्डेशनले हरेक वर्ष संघलाई १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार सिंहले नेपालमा महिला शसक्तीकरणका लागि खेल संघसँग सहकार्य गरिएको बताए।

जततउस्ररदष्त।थिरद्दब्खथछग्प

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: