बिरहीका ७ मुक्तकहरु


मुक्तक-१

बाँझो रहेका बारीलाई खेतीयोग्य बनायौँ भने  
कृषि पेसामै हामी आत्मनिर्भर हुदै रमायौँ भने
दुई छाक टार्न हामीले खाडीमा कुर्न पर्दै पर्दैन
अर्ज्ञानिक ढंगले खेतीपाती लगायौँ भने

मुक्तक-२
धम्की पठाउँछन् डर पठाउँछन्
ईच्छा मारेर अवसर पठाउँछन्
झुठो मायाको खेती गर्ने हरुले
फूलको सट्टामा पत्थर पठाउँछन्

मुक्तक-३
हिउँ चिसो हुन्छ आगो तातो हुन्छ
गोठमा ढिक्की घरमा जाँतो हुन्छ
हामीले जातको भेदभाव गर्दै नगरौं
किनकि हामी सबैको रगत रातो हुन्छ

मुक्तक-४
देखिन्छ वार पार सधैँ रहिरहन्छन्
भएरपनि अत्याचर सधैँ रहिरहन्छन्
एक्लै बगेर यो पानीले सागर भेटछ
बिचरा यी दुई किनार सधैँ रहिरहन्छन्

मुक्तक-५
खेत बेचि दिन्छन् आली बेचि दिन्छन्
जिर्ण झुपडी घरका पाली बेचि दिन्छन्
हो तपाईं केही समय मौन बसि दिनुस्
रातारात मेची महाकाली बेचि दिन्छन्

मुक्तक-६
अनेक पीडाले तन मन ठाउँमा छैन
अभागी यो सारा जीवन ठाउँमा छैन
आफ्नै मान्छेले मनपरि घात गरेपछि
कसम मेरो स्वस्थ धड्कन ठाउँमा छैन

मुक्तक-७
गोरी पाल्नु छैन मलाई काली पाल्नु छैन
साधु श्रीमती छोडेर जाली पाल्नु छैन
सिङ्गै जिउज्यान प्रियालाई सुम्पिसके मैले
पापको पोको कुकर्मले साली पाल्नु छैन

सुनिल राना

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: