संकटमा राज्यको दायित्व र भूमिका


अहिले शक्तिको निर्ममतापूर्वक प्रयोगमा लागिरहेको छ । रोटी खोसिने गरी राजमार्गमा तीनपांग्रे सवारीसाधनलाई चल्न प्रतिवन्ध लगाएपछि रिक्सा मजदुर र प्रहरीबीच चितवनमा झडप भएको छ । काठमाडौंमा डा. गोविन्द केसीसँग वार्ता अल्मल्याएर लम्ब्याउने र निष्कर्ष पुग्न नदिन प्रपन्च रच्नेहरू पनि छन् । भागवण्डा मिलाउने नाममा मन्त्रालय टुक्र्याउने अभ्यास गरिँदैछ । समाजवादी सरकारलाई मेडिकल कलेज निजी क्षेत्रलाई नदिइ भएको छैन । फरार हत्या अभियुक्त प्रदेशमन्त्री बन्दासमेत नेपाली समाज मौन छ । यो देश विधिको हो वा व्यक्तिको कस्तो शासनमा चलेको कसैलाई थाहा पत्तो छैन । सरकार आफैं सिण्डीकेटको उठान गर्छ, त्यसलाई कचल्ट्याएर छोड्छ ।

सुन तस्करीको सन्दर्भमा पनि लोकप्रियताका लागि खैलाबैला निकै गर्छ । पछि कानेखुसी गर्दै पन्छिन्छ । अनुगमनको नाममा गरिखानेहरूले दुःख पाएको कसले सुन्ने, कसले बुझ्ने ? केसी अहिले नेपाली समाजका लागि गान्धि बनेका छन् । नेताहरूको नातागोताको फरिया समाएर अनेकौं नाथुराम गोड्सेहरू उनको इहलिला सिध्याउने कसरतमा लागेका छन् । तर पनि उनी अहिले एक्ला बृहस्पति छैनन् । उनीमाथि अहिले शक्तिको निर्ममतापूर्वक प्रयोग भएको छ । वास्तवमा राज्य साध्य नभएर साधन मात्र हो । बन्धुत्व, प्रेम र हार्दिकता सरकारमा छैन भने राज्यको कानून जनताले स्वेच्छाबाट हैन, बाध्यता लेपालना गरेको ठहरिने हुन्छ । त्यसैले राज्य अहिले नेपालीलाई उच्चतम नैतिकतामा डो¥याएर संघीय गणतान्त्रिक व्यवस्थालाई उत्कर्षमा लैजान सक्छ कि सक्दैन ?
यताका केही समय सरकार सबै कार्यमा असफल हुँदै गएको छ । इतिहासको क्रममा विकास तथा विनाश शास्वत् नियम हुन् । नेपालको संविधानको सफलता चरम बिन्दुमा पुगेको हो कि हैन ? कतै यसले नेपालको समग्रतालाई प्रतिनिधित्वन गरेकै कारण आफ्नो प्रभावलाई क्रमशः छाड्दै पतनको अवस्थामा गएको त छैन ? सरकारले साम, दाम, दण्ड, भेदको समुचित प्रयोग गरिरहेको छ कि छैन ? केवल शक्ति राज्यको सवै वस्तु हैन । शक्तिले अपराधीक समूहबनाउन सक्ला? तर राज्यनिर्माण गर्न त जनताको सहयोग भएनभने के अर्थ हुन्छ शक्तिको । यस्तो समयमा सरकारले केही छोडेर केही दिनुपर्छ । ‘सर्वनाशे समुत्पन्ने अर्ध त्यजति पण्डितः’ सर्वनाश हुनै लागेको छ भने त्यसमा आधा छोड्नु बुद्धिमानी हुन्छ । महाभारतमा भनिएको छ, दुर्योधनले विदुर, द्रोणाचार्य, भीष्म, आदि आफ्ना हितैषी मित्रले भनेको कुरा सुनेनन् । त्यस समय उसको बुद्धि अहंकारले छोपिएको थियो । अतः कुल र कुुटुम्बसहित उनको नाश भयो । यो अनशनमा सरकारले यसलाई दुईतिहाईको दम्भ देखाएको छ । झगडा र आक्रमणको परिणाम जहिले पनि दुःखदायी हुन सक्छ ।

सरकारले साम, दाम, दण्ड, भेदको समुचित प्रयोग गरिरहेको छ कि छैन ? केवल शक्ति राज्यको सवै वस्तु हैन । शक्तिले अपराधीक समूहबनाउन सक्ला? तर राज्यनिर्माण गर्न त जनताको सहयोग भएनभने के अर्थ हुन्छ शक्तिको । यस्तो समयमा सरकारले केही छोडेर केही दिनुपर्छ । ‘सर्वनाशे समुत्पन्ने अर्ध त्यजति पण्डितः’ सर्वनाश हुनै लागेको छ भने त्यसमा आधा छोड्नु बुद्धिमानी हुन्छ
रोबर्ट गेरार्ड स्याण्डस आइरिस रिपव्लीकन आर्मीको सदस्य थिए । अनशनमा बस्दा बस्दै उनको मृत्यु भयो । स्पेसल क्याटागोरी स्टाटस हटाउने माग राख्दाराख्दै सन् १९८१ मा भएको उक्त अनशनमा स्याण्ड्सको देहावसानले त्यस समय युरोपमा व्यापक विरोध सुरु भयो । हजारौंको संख्यामा विद्यार्थीहरूले बेलायती झण्डा जलाईदिए । बेलायती कन्सुलेट कार्यालयमा छापा मारियो । पेरिसको मुख्य भागमा आईआरएले विजय प्राप्त गर्नेछ भनेर नारा लगाइयो । प्रदर्शनकारीले एलिजावेथ द्वितीयामाथि गोलभेंडा पm्याल्ने चेष्टा ग¥यो । त्यस समय प्रधानमन्त्री मार्गरेट थ्याचर उनको मृत्युमा संवेदनाहीन देखिइन् ।
नेपालको सन्दर्भमा अहिले गोविन्द केसी मृत्युतर्फ अगाडि बढिरहेका छन् । भारतीय स्वतन्त्रताको क्रममा जब भगत सिंह र बटुकेश्वर दत्त लामो अनशनमा थिए, त्यस समय भारतको तत्कालिन भाइस राय लर्ड इरविन शिमलामा छुट्टी मनाइरहेका थिए । भारतमा प्रजातन्त्र लामो समयको स्वाधीनता संघर्षबाट त्यो मुलुकले पाएको हो । नयाँ संविधान निर्माणपछि भएको त्यत्रो निर्वाचनमा लोकतान्त्रिक अभ्यास गर्दै आएका दलहरू आज किन अप्रजातान्त्रिक हर्कतहरू देखाउँदैछन् । नेपाली समाजले सरकारको चालढालमा कुनै परिवर्तन देख्न पाएको छैन् । खोइ लोकतन्त्रको अनुभव गर्न पाएको ? बलियाले दुर्बललाई कतै आफ्नो आधिपत्यमा पारेको त हैन ? मानिसहरूको सर्वोच्च भलाई गर्ने उच्च संगठन बन्नुपर्ने राज्य दलीय स्वार्थमा रमाएको छ । इतिहासले के देखाएको छ भने सरकारको स्वरूप फेरिएपनि सत्ता सञ्चालन गर्ने प्रवृत्तिमा मौलिक अन्तर आएन । सरकार सञ्चालन गर्नेमा निरंकुश हुने प्रवृत्ति बिस्तारै विकास हुनुमा शक्तिले नै हो । अधिकार नलिई नछोडने केसीको अडानमा प्रजातन्त्रको विजय लुकेको छ । अधिनायकवादी शासनभन्दा निर्वाचनबाट चुनिएर आएको सरकारलाई जनताले गरेको विश्वासमा बिस्तारै प्रजातन्त्रको आस्था देख्दा देख्दै भत्किन थालेको छ ।

यदि यस्तै द्वन्द्वको स्थिति नेपालमा रही रहने हो भने उन्नत प्रजातन्त्रको कामना कसरी राख्ने ? बन्दूकविरोधी र बन्दुकधारीको द्वन्द्वमा टुटफुटको सिकार नेपालका सबै दल भइसकेका छन् । इतिहासले के देखाएको छ भने कम्युनिस्टको स्वरूप सत्ता परिवर्तनपछि फेरिए पनि उसको प्रवृत्तिमा खासै मौलिक अन्तर आएन । सत्तामा गएपछि निरंकुश हुन नछाड्नेहरूले केसीको जीवनमा तलबितल पारेर के लाभ प्राप्त गर्ने ?
नेपालका राजनीतिक दलहरू आधा पानी भएको गाग्री छचल्किएझैं छचल्किरहेसम्म आवाज मात्र ठूलो हुन्छ, परिणाम केही प्राप्त हुन्न । दत्तात्रयको २४ गुरु भएझैं नेपालका राजनीतिक दलका गुरु को हुन् ? जबसम्म दलभित्र सञ्चालन गर्ने गुरुपात्र फेला पर्दैन, आजको दिनको गुरुपूर्णिमाको महŒव जानी नसक्ने र बुझिनसक्ने देखिन्छ । प्रकृतिले मानिसलाई सुख र दुःखलाई शासकका रूपमा छाडेको छ । मानिसको उद्देश्य दुःखको निराकरण र सुखको प्राप्ति हो । हरेक पार्टीमा अहिले गुरुले सिकाएको पालना हैन, व्यक्तिगत स्वार्थ हाबी भएर गएको छ । बाबुराम आचार्य जस्तो गरिब भएर संसारलाई जित्न सक्ने मान्छे के नेपालमा अहिले पाइएला ?

इतिहास शिरोमणीले त भन्दिए, ‘म धन बटुल्ने पक्षमा छैन । त्यसैले मैले बरू दिने बानी बसाल्ने कोसिस गर्दै आएको छु, लिने होइन । तर, पनि म पैसा बटुल्ने पक्षमा कहिल्यै छैन ।’ त्यसैले दलभित्र लाग्ने नेताहरू चर्को आर्थिक प्रलोभनमा परेको आभास हुन थालेको छ । किन एउटा व्यक्तिको ज्यान जान लाक्दा पनि उनीहरू आफ्नो सम्पत्तिका लागि मरिहत्ते गरिरहेका छन् ? देशभक्तिका लागि नलडी पैसाका लागि लड्ने हाम्रा नेताहरूलाई पुरुबाट बैंस सापट पाएपछि राजा ययातिलाई देवयानीबाहेक अरू केही नचाहिएझैं मेडिकल खोल्ने नेतालाई पैसाबाहेक अरूमा खास चिन्तन छैन । आज एउटा निहत्था गोविन्द केसीको विरुद्धमा सम्पूर्ण राज्यसत्ता विरोधमा लागिरहेको छ । कतै यसले राज्य विखण्डनको संघारमा जान लागेको त हैन ? महाभारतमा युद्ध रोक्न हर प्रयास गर्दा विदुर सफल भएनन् । स्वयं कृष्णसमेत सफल हुन सकेनन् । युद्ध अपरिहार्य थियो । नरसंहार व्यापक भयो । कतै गोविन्द केसीको मृत्यु कामना राख्नेहरूको नियत पनि त्यही त हैन ? नेपाल कमजोर हुनुमा अरू हैन ।
नेतृत्व वर्गको धृतराष्ट्र प्रवृत्ति जिम्मेवार छ भनेर । कतै विदेशीले चोर औंला उठायो भने के जवाफ दिने ? महाभारत युद्ध रोक्न नसकेर विदुर तिर्थयात्रामा निस्केझैं हाम्रा देशका उपप्रधान तथा स्वास्थमन्त्री नियमित तालिकामा उड्ने विमानलाई नै प्रभावमा पारेर विदेश भ्रमणमा लागेका छन् । गोविन्द केसीको ज्यान तलमाथि के हुने हो उनलाई कत्ति पनि सरोकार छैन । स्वास्थ क्षेत्रका व्यक्तिले यति लामो दिनसम्म अन्नपानी मुखमा नहाली एउटा डाक्टर अनसनमा छ । स्वास्थ्य निकाय हेर्ने मन्त्री विदेश शयरमा छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: