माईतीघरबाट डा. केसीका समर्थकले दिए सरकारलाई धन्यवाद


काठमाडौँ । गाेविन्द केसीसँग सरकारले उनका माग पूरा गर्ने सहमति गरेसँगै  केसीका समर्थकले शनिबार राजधानीमा धन्यवाद सभा आयोजना गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा केसी समर्थकले धन्यवाद सभाको आयोजना गर्दै सहमति पूर्णरुपले पालना गर्न सरकारसँग माग गरेका छन् । बिगतमा पनि पटक–पटक सरकारले डा. केसीसँग सहमति गरेको तर पालना नगरेको भन्दै समर्थकले यसपटक पक्कै पनि सहमति पालना हुनेमा विश्वास ब्यक्त गरेका  छन् ।

उनीहरुले डा. केसीको सत्याग्रहमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै सरकारले माग पुरा गरिदिएकोमा धन्यवाद व्यक्त गरेका हुन् । बिहीबार सरकार र डा. गोविन्द केसीबिच राजधानीमा अबको १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन नदिने लगायत ९ बुँदे सहमति भएको थियो । यो सहमतिसँगै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसदमा पेश भइसकेको छ । विधेयकमा डा. केसीले उठाएका मागहरु संशोधनसहित समावेश गर्ने तयारी सरकारले गरेको छ । त्यसमा संशोधनका लागि संसदको नियमानुसार शुक्रबार ७२ घण्टाको समय उपलब्ध गराइएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: