गण्डकी प्रदेशमा पर्यटकीय फोटो प्रतियोगिताको उत्कृष्ट तस्वीरहरू….


मेरिट महर्जनले खिचेको पर्यटकीय गतिविधि विधामा पहिलो भएको माछापुच्छ्रेको तस्वीर ।

काठमाडौं । कास्कीको पोखरामा ‘गण्डकी प्रदेश पर्यटकीय फोटो पत्रकारिता’को आयोजना गरिएको छ ।

गण्डकी प्रदेशको पर्यटन, उद्योग, वन तथा वातावण मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा मेरिट महर्जनले खिचेको माछापुच्छ्रेको तस्वीर पहिलो भएको छ ।

पर्यटकीय गन्तव्य विधामा तेस्रो भएको गेहेन्द्र गुरुङले खिचेको कास्कीको मादीस्थित कोरीको तस्वीर ।

त्यस्तै देव डंगोलले पोखरा नजिक अष्ट्रेलियन क्याम्पबाट खिचेको ‘मिल्की वे’को तस्वीर दोस्रो भएको छ ।

तेस्रो स्थान हाँसिल गरेको उपल्लो मुस्ताङमा घोडा कुदाइरहेको तस्वीर आदित्य चन्दले खिचेका हुन् ।

अष्ट्रेलियन क्याम्पबाट देव डंगोलले खिचेको ‘मिल्की वे’को तस्वीर ।

प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा ११९ र पर्यटकीय गन्तव्य विधामा ३३९ वटा तस्वीर प्रतिस्पर्धामा थिए ।

आदित्य चन्दले उपल्लो मुस्ताङमा खिचेको घोडा दौडको तस्वीर ।

प्रकाश बुढाले खिचेको पर्यटकीय गन्तव्य विधामा पहिलो भएको मनाङको बर्खा गुम्बाको तस्वीर ।

शिरिष बिसीले खिचेको पर्यटकीय गन्तव्य विधामा सान्त्वना पुरस्कार प्राप्त गरेको मनाङको फू गाउँको तस्वीर ।

पर्यटकीय गतिविधि विधामा सान्त्वना पुरस्कार प्राप्त गरेको यो तस्वीर अन्नपूर्ण बेस क्याम्प नजिक देव ढंगोलले खिचेका हुन् ।

उमीद शाक्यले खिचेको पर्यटकीय गन्तव्य विधामा दोस्रो भएको मुस्ताङको झारकोट गाउँको तस्वीर ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: