‘चमेलीमा’ केकीसंग रोमान्स गर्दै दिलिप


काठमाडौं । अभिनेता दिलिप रायमाझी तथा अभिनेत्री केकी अधिकारीले हालसम्म एउटा पनि चलचित्रमा अनस्क्रिन रोमान्स गरेका छैनन् । थुप्रै समारोहमा संग–संगै कम्मर मर्काएको यो जोडीले पहिलो पटक एउटा आधुनिक गीतको म्युजिक भिडियोमा अनस्क्रिन रोमान्स गर्ने अवसर पाएको छ ।

केकी र दिलिपलाई यस्तो अवसर जुराइदिएका हुन् गीतकार नारायण भारतीले । अमेरिकामा बसोबास गरिरहेका गीतकार भारतीले रचना गरेको ‘चमेली’ शीर्षकको गीतको म्युजिक भिडियोमा केकी र दिलिपको जोडीलाई आकर्षक देखाउने काम गरेका छन् निर्देशक विशाल भण्डारीले । गायक नरेश गौतमले यो कणप्रिय गीत गाएका हुन् । उक्त गीतलाई एनके ब्रदर्सले संगीतबद्ध गरेका हुन् । उदय राज पौडेलले गीतमा संगीत संयोजन गरेका छन् ।

चमेलीको म्युजिक भिडियो यूट्युबमा अपलोड भएको दुई दिनमै दुई लाख भन्दा बढि पटक हेरिसकिएको छ । छायांकार अर्जुन तिवारी तथा उनको टिमले म्युजिक भिडियोका लागि रमणीय लोकेशनहरु कैद गरेका छन् । निशान घिमिरेले भिडियो सम्पादनमा उत्तिकै मेहनत गरेका छन् । भिडियोलाई गीतकार नारायण भारती तथा ईशा शर्मा भारतीले निर्माण गरेका हुन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: