बालबालिकाको खेलौनाहरुमा हानिकारक रसायनहरुकाे मात्रा उच्च


बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएको छ । यसको लागि राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्यकता देखिएको कारण यस सम्बन्धमा साउन ७ गते एक विशेष कार्यक्रम समेत गरिएको छ ।


नेपाली बजारमा पाईने बालबालिकाको खेलौनाहरुमा विषाक्त गहुङ्गो धातु र अन्य रसायनहरुको अध्ययन गर्दा ६० प्रतिशत भन्दा बढी खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले खेलौना सम्बन्धि एक अध्ययन गरी प्रतिवेदन समेत सार्वजनिक गरिएको छ ।

नेपाल सरकारले बालबालिकाको खेलौनामा पाईने विभिन्न घातक रसायनहरुको नियन्त्रण एवं नियमन गर्न मिति २०७३ माघ ३ गते नेपाल राजपत्रमा सुचना जारी गरी २०७४ असार ३१ गतेबाट प्रभावकारी रुपमा लागु हुने गरी सहमति गरिएको मापदण्ड कार्यान्वयनको एक वर्ष दिन पुगेको अवसरमा एक पत्रकार सम्मेलन गरी विभिन्न तथ्यहरु खुलासा गरिएको छ ।

हाल केही उद्योगी तथा व्यवसायीहरुले मापदण्ड कमजोर पार्ने र प्रभावकारी कार्यान्वयन लागु हुनबाट रोक्ने प्रयास समेत भइरहेको समेत पत्रकार सम्मेलनबाट जानकारी दिइएको छ । यो अध्ययन नेपाल स्थित विगत १५ वर्ष देखि वातावरण र जनस्वास्थ्य जस्ता जनसरोकारका विषयवस्तुमा अनुसन्धान र जनचेतना जगाउने काम गर्दै आएका जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र र विश्वव्यापी रुपमा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुको संञ्जाल International POPs Elimination Network -IPEN, स्विडेन द्वारा गरीएको हो ।
बालबालिकाको खेलौनामा पारो –मर्करी लगायतका उच्च स्तरका घातक रसायनहरु अध्ययनमा समावेश खेलौनाका नमूनाहरु मध्ये ६२% (५२ नमुना मध्ये ३२ वटामा खतरनाक हानिकारक गर्हुङ्गो धातु र अन्य रसायनहरु जस्तै सिसा (लेड), क्याडमियम, क्रोमियम, बेरियम, ब्रोमिन र जिंक आदि निकै उच्च स्तरमा पाईएको छ ।

केही खेलौनाका नमूनाहरुमा फ्थालेट्स (phthalates)सम्बन्धि गरिएको अध्ययनमा सबैमा विभिन्न प्रकारका फ्थालेट्स पाईएको थियो । अध्ययमा समावेस गरीएको सबै खेलौनाहरु नेपालका विभिन्न बजारहरुबाट खरीद गरीएको थियो भने उत्पादनको हिसाबले थाईल्याण्डका २%, भारतका १०% र चिनका ८८% रहेका थिए । यी सबै घातक धातुहरु र रसायनहरुले मानिसमा र खासगरी बालबालिकाहरुको स्नायू प्रणाली, प्रजनन् प्रणालीमा गडबडी, फोक्सो, मृगौला लगायतमा असर पुर्याउनुको साथै रोगसँग लड्ने क्षमता एवं बौद्धिक विकासमा अवरोध, क्यान्सर तथा मस्तिष्कमा स्थायी किसिमका खरावी समेत निम्त्याउँदछ ।

मस्तिष्क द्रुत गतिमा विकास हँुदै गरेका स–साना बालबालिकाहरुले यस्ता खेलौनाहरु प्राय मूखमा समेत राख्ने बानी भएकाले यी घातक रसायनहरु सजिलै बालबालिकाहरुको शरीर भित्र प्रवेश गर्न सक्ने सम्भावना बढी रहन्छ । ५ वर्ष मुनिका बालबालिकाहरु यी हानिकारक रसायनहरुको सम्पर्कमा आई प्रभावित हुनसक्ने अवस्था झन् जोखीमपूर्ण हुन्छ । अध्ययनमा समावेश गरिएको कुनै पनि खेलौनाहरुमा उपभोक्तालाई त्यसमा पाईने घातक रसायनहरुबारे सचेत गर्ने बारे कुनै किसिमको सुचना दिइएको थिएन ।

अनुसन्धानकर्ताले अध्ययनमा समावेश गरेका ७१% (५२ मध्ये ३७ वटा) खेलानाहरुमा कम्तिमा कुनै एक घातक धातु रसायन पाइएको थियो भने ६२% (५२ मध्ये ३२ वटा) मा नेपाल सरकारले तोकेको खेलौना सम्बन्धि मापदण्ड भन्दा अत्यधिक रसायनहरु पाईएको थियो । केवल ३८ % ( ५२ मध्ये २० वटा) खेलौनाका नमूनाहरुमा नेपाल सरकारले तोकेको मापदण्डको परीपालना भएको थियो । अध्ययनमा समावेश भएका कम्तिमा एक रसायनबाट प्रदूषित ३५ वटा खेलौनाहरु मध्ये १९ % मा लेड, ८% मा क्याडमियम, ११% मा क्रोमियम, ६८% मा जिंक जस्ता गहुङ्गो धातुहरु पाईएको थियो भने १४% मा बेरियम र १६% मा ब्रोमिन जस्ता अन्य घातक धातुहरु पाईएको थियो । अमेरिका र यूरोपका कैयौं देशहरुमा प्रतिबन्धित फ्थालेट्स (phthalates) बारे परीक्षण गरीएका सबै खेलौनाका नमूनाहरुमा नेपाल सरकारले तोकेको फ्थालेट्सको मापदण्डमा समावेश गरीएका अति हानीकारक रसायनहरु जस्तै फ्थालेट्स, विस्फिनोल ए र अन्य दुई धातुहरु हटाउन लगाई मापदण्ड कमजोर गर्ने प्रयास गरिंदैछ । यी फ्थालेट्स एवं विस्फिनोल ए नामक रसायनहरुले मानव स्वास्थ्यमा निकै गम्भिर असरहरु पार्छन् । जस्तै हर्माेन उत्पादनमा गडबडी, स्वासप्रस्वास सम्बन्धी समस्या, मोटोपन, बाँझोपन र क्यान्सर लगायतका समस्याहरु यसबाट सृजना हुन सक्छन् ।

साथै निजी क्षेत्रबाट यी खेलौना सम्बन्धि मापदण्डमा व्यवस्था गरिएका गर्हुङ्गा धातुहरुको मापन गर्ने विधिमा समेत परिवर्तन ल्याउन सरकारसँग आग्रह गरिरहेको छ । खेलौनामा सम्पूर्ण रसायनहरुको मात्रा (total concentration) मापन गर्न गरिएको व्यवस्था हाम्रो जस्तो विकाससिल देशहरुको लागि एकदमै छिटो, सजिलो र कम खर्चिलो मात्रै नभई निजी क्षेत्र एवं उपभोक्ताको लागि एकदमै सिधा, स्पष्ट र चलखेल गर्न नसक्ने किसिमका रहेका विशेषज्ञहरुको धारणा रहेको छ । जबकि निजी क्षेत्रले सरकारसँग यसमा परीवर्तन गराउन खोजिएका रसायनहरु सरेर जाने (migratory concentration) आधारमा मापन गर्नुपर्ने व्यवस्था एकदमै जटिल, महँगो र बालबालिकालाई घातक रसायनहरुको सम्पर्कमा आउनबाट जोगाउन नसकिने खालका छन् । बालबालिकाहरु खेलौनाको सतहमा टाँसिएका घातक रसायनयूक्त धुलो, खेलौना मुखमा टोक्दा वा चुस्दा पनि त्यसमा भएको रसायनहरुको सम्पर्कमा आई प्रभावित हुने गर्दछ ।

रसायन विज्ञहरुको बुझाईमा यो एउटा खतरनाक कदम हो, किनकि यसले खेलौना सम्बन्धि मापदण्डको प्रभावकारी कार्यान्वयन र अनुगमन थप जटिल बनाउनेछ । खेलौनाहरुबाट रसायनहरु सरेर जाने आधारमा बनाएका मापदण्डहरुले बालबालिकाहरुले खेलौनाको टुक्रा निलेको खण्डमा पेटमा पुगी घुलेमा मात्र रसायनहरुको सम्पर्कमा आउन सक्ने अवस्थालाई सम्बोधन गर्दछ । जुन खेलौनामा पाईने रसायनहरुको सम्पर्कमा आउने सबै अवस्थालाई दर्साउँदैन ।

निजी क्षेत्रले खेलौनाको सरकारी बाध्यकारी मापदण्डलाई कमजोर पार्ने प्रयासहरुलाई सम्बोधन गर्दै जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले नेपाल सरकारले उद्योगी एवं ब्यापारीको फाईदालाई जनस्वास्थ्य र बालबालिको स्वास्थ्य भन्दा उच्च प्राथ्मिक्ता कदापी दिनुहुदैन भनी टिप्पणी गर्नु भयो । खेलौनाहरुमा हानीकारक रसायनहरुको उपस्थितीलाई अनुमती दिनेगरी भैरहेको राम्रो र बलियो मापदण्डलाई कमजोर पार्ने प्रयास नेपालको सम्बीधान द्वारा प्रदत स्वास्थ्य सम्बन्धि मौलिक अधिकार र २५ वर्ष भन्दा बढी समयदेखी पक्षधर रहेको अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि (Convention for the Rights of the Child-CRC) द्वारा प्रदत स्वास्थ्य र सुरक्षा सम्बन्धि अधिकारको समेत उल्लङघन गर्नेछ । यो अध्ययनले खेलौना बनाउने रबरलाई नरम पार्नका लागि प्राय प्रयोग हने फ्थालेट्स एवं विस्फिनोल ए जस्ता मानव शरीरमा हर्माेन गडबडी ल्याउन सक्ने रसायनहरुलाई मापदण्डबाट हटाउने निजी क्षेत्रको प्रयासबाट मापदण्डलाई कमजोर बनाउने नभई अझ बढी प्रभावकारी कार्यन्वयन गर्दै लैजानु पर्ने IPEN का बरिष्ठ सल्लाहकार Dr. Olga Speranskaya को सुझाव रहेको छ । फ्थालेट्सको मात्रा अध्ययन गरिएका सबै खेलौनाहरुमा अत्यधिक उच्च स्तरमा पाईनु बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुर्याउने हानिकारक वस्तु खेलौनाको रुपमा अझ पनि बजारमा विक्रीवितरण भइरहेको प्रमाणित गर्दछ । निजी क्षेत्रले बालबालिकाको स्वास्थ्यको लागि महत्वपूर्ण सुरक्षालाई कसरी कमजोर पार्ने बारेमा योजना बनाउनुको साट्टो खेलौनाबाट मानव शरीरमा हरमोनमा परीर्वतन गर्नसक्ने रसायनहरुलाई उन्मूलन गर्ने गराउने तर्फ सरकारलाई सहयोग गर्नु पर्दछ । नेपालमा बालबालिकाहरुको खेलौना र अन्य बस्तुहरुमा पाईने हानीकारक रसायनहरुको बारेमा पुर्ण जानकारी (full disclosure information on chemical content) लेवलिङ्गको माध्यमबाट प्रदान गर्नु पर्ने आवस्यक्तालाई रसायन विशेषज्ञहरुले पुरा प्रोत्साहन गर्दछ । हाल लेवलिङ्गको शुन्यतामा कुनै पनि वस्तुहरुको रसायन सुरक्षाबारे उपभोक्ताहरुको जान्न पाउने अधिकारलाई कुन्ठित गरीरहेको कुरा रामचरित्र साहले बताउनुभयो ।
नेपाल सरकारले उत्पादन, माल वस्तुहरुमा रसायनहरुको बारेमा खुलासा गर्नुपर्ने व्यवस्था गरेमा सन् २०१५ मा संयुक्त राष्ट्र संघीय वातावरण कार्यालय अन्तर्गत उत्पादनहरुमा रसायन सम्बन्धि कार्यक्रम UN Environment’s Chemicals in Products Program नेपाल लगायत विश्वका सयौं राष्ट्रहरुले आत्मसात गरेका सुझावहरुलाई परिपालना गरेको सरह मानिने कुरा Dr. Speranskaya ले बताउनुभयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: