गोम बिक्रमका तीन मुक्तकहरु


मुक्तक-१

दुईटा फूल गुलाफको, साटी हेलमेल गरौं कि त
मायाको जाँच कुर्ने कति,अब पासफेल गरौं कि त
नयाँ कक्षा चढ्दै जाउँला,अरु अगाडी बढ्दै जाउँला
नत्र अलग सम्बन्धले, फेरि हाँसखेल गरौं कि त ।

मुक्तक-२

जहिले पनि जहाँ पनि, चलाइरह्यौ छुरीहरु
सगरमाथाभन्दा माथि, पुर्यायौ चुरीफुरीहरु
ओर्लिनुपर्छ चढेपछि, सिमाना नाघि बढेपछि
संसार कस्तो मायाबिना, सोची हेर त निष्ठूरीहरु ।

मुक्तक- ३

नजानेर त बेग्लै कुरा, जानी जानी गल्ती छर्छौ
अनेकथरी खेल गरी, खुशामदी चल्ती गर्छौ
आशाको मूल सुकाएर, फाल्तु कुकुर भुकाएर
सन्त्रास छरी सबैतिर, केवल आफ्नै खल्ती भर्छौ ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: