भिसा लागिसकेका कामदारलाई मलेसिया जान दिइने


सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । कामदारमाथि सिन्डिकेट लगाउने संस्थामाथि कारवाहीको निर्णय गर्नुअघि नै भिसा लागेका कामदारलाई अन्तिम श्रम स्वीकति दिन श्रम तथा रोजगार मन्त्रालय तयार भएको हो ।

म्यानपावर व्यवसायीले ४५० भन्दा बढी कामदारले भिसा लागेर पनि कामका लागि जान नपाएको बताउँदै आएका थिए । सरकारले भने त्यस्तो संख्या ४ सयभन्दा बढी नरहेको दावी गर्दै आएको छ ।

सरकारले कामदारसँग अतिरिक्त रकम उठाउने गरी अवैध रुपमा खडा गरिएका संस्थालाई जेठ २ मा कारवाहीमो निर्णय गरेको थियो । त्यसअनुसार अब जेठ २ गतेभन्दा अघि भिसा लागिसकेका कामदारलाई अन्तिम श्रम स्वीकति दिएर मलेसिया जान दिइने भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: