दोश्रो वार्ता पनि निष्कर्षविहिन, अब के गर्ने ?


सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको दोश्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ । 

शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमानेपछि वार्ता बिना निष्कर्ष टुंगिएको केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेकराज सिंहले जानकारी दिए ।

सरकारी पक्षले डा.केसीलाई उपचारका लागि पहिला काठमाडौं ल्याउनुपर्ने र अनि मात्रै विधेयक फिर्ता गर्ने बारे सोच्न सकिने भनेपछि वार्ता अघि बढ्न नसकेको सिंहले बताए ।

यसैबीच १८ दिनदेखि जुम्लामा अनसनरत डा.केसीको स्वास्थ्य अवस्था थप गम्भीर भएको छ । गएरातीदेखि डा।केसीको स्वास्थ्य गम्भीर बनेपछि सरकारले आज बिहान एअर एम्बुलेन्समार्फत काठमाडौं ल्याउने प्रस्ताव वार्तामा समेत राखेको थियो । तर डा.केसीले विधेयक फिर्ता नभएसम्म आफू काठमाडौं नआउने बताएपछि उनलाई काठमाडौं ल्याउन समस्या भइरहेको डा.सिंहले बताए ।

सरकारले हिजो मात्रै डा.केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समिति गठन भएलगत्तै हिजो र आज वार्ता भए पनि कुनै सहमति हुन सकेन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: