बलात्कार अभियोगमा तीन अभियुक्त पक्राउ


बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले रौतहटमा तीनजनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–७ का ३६ वर्षीय बलिष्टर चौधरी, २४ वर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ वर्षीय जियालाल महतो रहेको प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए । धर्मेन्द्र र जियालाललाई गरुडाबाट तथा बलिष्टरलाई कलैयाबाट पक्राउ गरिएको हो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: