हेटाैडा र उदयपुर सिमेन्टको स्तरोन्नति गरिने


सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगको स्तरोन्नति गरिने भएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमन्ट उद्योगको क्षमता बढाउन लागेको हो। आर्थिक वर्ष २०७५/७६ मा उदयपुर सिमेन्ट उद्योगको ५० प्रतिशत क्षमता बढाउन थालिएको हो।

क्षमता बढाउदा एक लाख ३२ हजार टन क्लिंकर उत्पादन हुनेछ। त्यसपछि ६० प्रतिशत क्षमतामा उत्पादन लक्ष्यसहित आर्थिक तथा प्राविधिक रूपले सक्षम हुने उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जानकारी दिइन्।

उदयपुरको क्षमता बढाउन चालु आवमा आवश्यक मेसिन खरिद भइसकेको छ। आगामी आवमा कम्तीमा ५० करोड रुपैयाँसम्मको पुँजीगत सामान किनिनेछ। उपकरणको प्राथमिकता पहिचान गरी मर्मत सम्भार तथा पुनस्र्थापनाको काम थालिने सचिव खतिवडाले बताइन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: