फाइभस्टार होटलमा ‘समाजवादी मन्त्री’को रोमान्स !

  • उर्जामन्त्री देखि श्रम मन्त्रीसम्म कोही छुटेनन्

  • आधा दर्जनमन्त्रीसहित नेकपाका नेताहरुले फाइभस्टार होटल पुगेर विश्वकप फाइनल हेरेका छन् ।

    विश्वकप फुटवलको फाइनल खेल हेर्न ओली सरकारका मन्त्री होटल याक एण्ड यतिमा पुगेका हुन् ।

    उर्जामन्त्री बर्षमान पुन, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादवसहितका मन्त्रीहरु नेकपाका यूवा नेतासहित खेल हेर्न फाइभ स्टार होटल पुगेका हुन् ।

    रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच खेल भएको थियो ।

    खेल हेर्न टोपबहादुर रायमाझी, धनश्याम भुसाललगायतका यूवा नेताहरु पनि पुगेका थिए ।

    खेल हेर्न पूर्वसभामुख ओनसरी घर्ती पनि पुगेकी थिइन् ।

    होटल स्रोतका अनुसार सहभागी एक सय ५० जना हुने भन्दै प्रत्येक एक जनालाई खाना खर्च २५ सय रुपैयाँ दरले गरिएको थियो ।

    क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

    Comment

    Related News 

    © 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

    %d bloggers like this: