ग्रील ब्यवसायी संघ बिशालनगरको अधिबेशन सम्पन्न


असार ३० गते शनिबार देशभरि सञ्चालित ११ हजार भन्दा बढी ग्रील तथा स्टील ब्यवसाय उद्याेगहरुको एक मात्र छाता संगठन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील ब्यवसायी संघ बिशालनगरको अधिबेशन सम्पन्न भएकाे छ । अधिवेसनको उद्घाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले अवैध किसिमले सञ्चालित ग्रील ब्यवसायीहरुलाई सरकारको कानुनी दायरामा आई ब्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरिय सेवा प्रदान गर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल सरकारले तोकेको मुल्यसुचिलाई आधार मानी महासंघले तयार गरेको ग्रीलजन्य सामाग्रीहरुको उपभोक्ता मुल्य सुचिलाई उपभोक्तहरुले सजिलै देख्न सक्ने गरि आ आफनो उधोगमा अनिवार्य रुपमा राख्न आग्रह गर्दै सम्बृद्ध अनि सुखि नेपाल निमार्णमा र देशको पुर्वाधार बिकासमा ठुलो योगदान पुर्याउँदै आएको ग्रील तथा स्टील ब्यवसायको प्रबर्धन गर्नका लागी सरकारको सबै निकायमा महासंघले पहल गर्ने बताउनुभयो ।

सरकारले श्रमिकको न्युनतम पारिश्रमीक ९७००⁄₋बाट बढाएर १३४५०⁄₋ गरेको अवस्थामा हामीले हाम्रो उत्पादकत्व बढाउनुको विकल्प नरहेको हुँदा त्यस तर्फ ध्यान दिन आग्रह गर्दै सरकारले लागु गर्न लागेको न्युनतल वेतनको कार्यान्वयनलाईे लागी सरकारलाई सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । नेपालको पुर्वाधार बिकासमा महत्वपुर्ण योगदान गर्दै आएका देशमा सञ्चालित ११ हजार मेटल फेब्रिकेटर्सहरुले कामको ठुलो सम्भावना रहेको हुंदा संगठित र समय सापेक्षिक परिसकृत परिमार्जित हुदै देश निर्माणमा लाग्न आग्रह गर्नुहुँदै हालै फलाम र निमार्ण सामाग्रीहरुमा भएको अनियन्त्रित अस्वभाविक मुल्य बृद्धिको विरोध गर्नु हुँदै मुल्य बृद्धि फिर्ता गराउन र नियमित अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बार्षिक ४० अर्व भन्दा बडबढी मेटल फेब्रिकेटिङ गरि सेवा प्रदान गरी १ लाख ६० हजार भन्दा बढीलाई रोजगारी दिँदै आईरहेको ग्रील तथा स्टील उधोगीहरुले स्वदेशमै ग्रील जन्य सामाग्रीहरु फेब्रिकेटिङ गरि सेवा गर्दा ग्रील जन्य सामाग्रीको आयातलाई प्रतिस्थापन गरी आत्मा निर्भर हुने अवस्था पुगेको यो ब्यवसायले आफ्नै लगानीमा बार्षिक ५ हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्दै आएको यो क्षेत्रमा थप २० हजारभन्दा बढी जनशक्तिलाई तत्कालै रोजगारी दिन सक्ने बताउनुभयो ।

ग्रील तथा स्टील ब्यवसायी संघ बिशालनगरका अध्यक्ष हाकु बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले पुनः हाकु बहादुर श्रेष्ठकोे नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । कार्यसमितिकाे उपाध्यक्षमा राजु खड्गी, सचिव नारायण बहादुर श्रेष्ठ, कोषाध्यक्ष भाईराम पाण्डे, सह₋सचिव रमेश शिरमाली, सह₋कोषाध्यक्ष कर्ण बहादुर श्रेष्ठ सदस्यहरुमा रुद्र श्रेष्ठ बिनोद रोका, भरत बि.क, ढाल बहादुर कार्की, बालकृष्ण पोख्रेल, बिश्वेश्वर चौधरी, भिखारीलाल राउत निर्वाचित भएका छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: