क्रोएसियाविरुद्ध फ्रान्सको दोब्बर अग्रता, पोग्बाले गरे गोल


एजेन्सी । विश्वकप फुटबलको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सले ३–१ गोलको अग्रता बनाएको छ । फ्रान्सका लागि पाउल पोग्बाले उत्कृष्ट गोल गरे ।

खेलको ५९औं मिनेटमा पोग्बाले गोल गर्दै अग्रता दिलाएका हुन् । पोग्बाले प्रहार गरेको बल क्रोएसियाका खेलाडीले रोकेका थिए । दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।

यसअघि पहिलो हाफमा फ्रान्सले २–१ गोलको अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा क्रोएसियाका खेलाडीले आफ्नो डिबक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै फ्रान्सका एन्टोइनी ग्रिजम्यानले गोल गरेका थिए । यसअघि क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

१–० गोलले पछि परेको अवस्थामा क्रोएसियाले खेलको २८औं मिनेटमा गोल गर्दै बराबरी बनाएको थियो । क्रोएसियाका लागि पेरिसिकले उत्कृष्ट गोल गरे । यसअघि क्रोएसियाले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो ।

खेलको १८औं मिनेटमा क्रोएसियाका मारियो मान्डजुकिकले बचाउने हुदा आत्मघाती गोल गर्न पुगेका थिए । फ्रान्सका एन्टोइनी ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बचाउने हुदा उनले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

क्रोएसियाले एकपछि अर्को गोल गर्ने अवसर खेर फालेको छ । बल पोजिसन आफ्नो पकडमा राखे पनि फ्रान्सविरुद्ध क्रोएसिया पहिलो हाफसम्म २–१ गोलले पछि रहेको छ ।
रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा सुरु भएको फाइनल खेलमा दुबै टिम २१ औं संस्करणको विश्वकपको उपाधि उचाल्ने लक्ष्यमा छन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: