प्रधानमन्त्री ओलीको बोली : ‘मरे पनि केही छैन, सपना देख्न पाऊँ’


प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता लेखेका छन् । 

१० हरफको कवितामा प्रधानमन्त्री ओलीले ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गरेका छन् ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् ।

शीर्षकविनााको कवितामा प्रधानमन्त्री ओलीले सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । उनले कवितामा भनेका छन्- चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: