गोम बिक्रमका तीन मुक्तकहरु


मुक्तक- १.

जिन्दगीलाई नयाँ बाटोमा, हिँडाएर हेरौं क्यारे
मायाको कित्ता काटीवरी, चौकिल्लाले घेरौं क्यारे
सपनाहरु थारै रहे, खुशी केवल नारै रहे
दुइटा मुटु यौटै पारी, अब त साइनो फेरौं क्यारे ।

मुक्तक-२.

नजिक हुँदा उबाल्नलाई, सधै जरो खन्न थाल्यौ
तर नजाती नदेखिन, देख्दा अशल बन्न थाल्यौ
हर्कत चिनें र दिक्क भएँ, छोडी जान ठिक्क भएँ
साइत सारी हिँडेँ जसै,”बस छेउमै !”भन्न थाल्यौ ।

मुक्तक-३.

जति सुन्दर मुहार तिम्र‍ो, उति कठ‍ोर बानी देख्छु ।
स्वार्थ लिन नजिक हुने, चाप्लुसीको खानी देख्छु ।
विरोधीलाई डाम्न सक्ने, समर्थकलाई थाम्न सक्ने
नपिरी न..बिझाइकन, सबको अाँखाक‍ो नानी देख्छु ।

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: