सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।
जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।
पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन्




- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
- डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश
- ‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली
- त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’
- बालिका निर्मलाको डीएनए अब अमेरिका जांच हुने
- काठमान्डौमा थप ट्राफिक लाईट थपिदै
- यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर
