महालक्ष्मी विकास बैंकको शाखा विराटनगरमा


महालक्ष्मी विकास बैंकले शाखा सञ्जाल विस्तार गर्दै लाने क्रममा मिति  असार २५ गतेबाट बिराटनगर महानगरपालिका वडा नं ०२, बिराटनगर, मोरङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैँकको ७३ औँ शाखा हो । सोही दिन साबिकको महालक्ष्मी विकास बैंकको धादिङ्ग बेशी शाखाको, धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा नं ६, धार्केमा स्थानतरण भएको छ । त्यसै गरी गत मिति  असार २४ गते साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित रहेकाे शाखा स्थानान्तरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको हो ।

हाल महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म रु.२६ अर्ब १० करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: