चलखेलमा अड्कियो धरहरा पूनर्निर्माण


काठमाडौं – २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण कार्य अगाडि बढाउन मंगलबार टेन्डरको टुंगो लगाउने तयारी गरेको थियो । 

तर, ठेकेदारको चलखेलका कारण सात दिन म्याद थप गरिएपछि धरहरा पुनर्निर्माण पछाडि धकेलिएको हो । आजको नगरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्राधिकरण सांस्कृतिक सम्पदा पूनर्निर्माण शाखाका प्रमुख राजुमान मानन्धरका अनुसार, ठकेदार कम्पनीले फर्जी कागजपत्र पेश गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी पर्यो । सोही उजुरी छानबिनका लागि टेन्डर प्रक्रिया सात दिन स्थगित गरिएको हो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: