फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, बेल्जियम १–० ले पराजित


एजेन्सी । फ्रान्स विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाईनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेमिफाईनलको खेलमा फ्रान्सको जितमा स्यामुएल उम्टीटीको गोल निर्णायक बन्यो । खेलको ५१ औ मिनेटमा उम्टीटीले हेडमार्फत फ्रान्सकालागि गोल गरेका थिए ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । बल पोजिसनमा बेल्जियम राम्रो देखिएपनि फ्रान्सले काउन्टर अट्याकमा अब्बल देखियो ।

जितसंगै फ्रान्स तेस्रो पटक विश्वकपको फाईनलमा प्रवेश गरेको छ । यसअघि दुई पटक फाईनल खेलेको फ्रान्स उपाधि सहित घर फर्किएको थियो ।

स्वर्णीम पुस्ताका खेलाडीले भरिएको बेल्जियम सेमिफाईनलबाटै घर फर्कन बाध्य भयो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: