अन्तत: मड्रिड छाड्दै यूभेन्ट्स गए रोनाल्डो


एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो अन्ततः इटालियन क्लब यूभेन्ट्स जाने पक्का भएको छ। मड्रिडले मंगलबार राति आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै रोनाल्डोलार्इ विदाई गरेको हो।

समाचारले जनाए अनुसार ३३ वर्षिय रोनाल्डो १ सय ५ मिलियन पाउन्डमा यूभेन्ट्स जाने भएका हुन्। योसँगै रोनाल्डोको बेर्नाबेउमा बिताएको ९ वर्षे करिअरको अन्त्य भएको छ।

रियल मड्रिडमा चार च्याम्पियन्स लिग जितेका रोनाल्डो पछिल्लो समय क्लबका अध्यक्ष फ्लोरिन्टो पेरेजसँगको खराब सम्बन्धका कारण क्लब छाड्ने मनस्थितीमा पुगेका थिए।

यो आफ्नो करिअरको नयाँ स्टेज उक्लने समय भएको भन्दै रियललाई आफूले आफ्नो सरुवा स्वीकार्न भनेको रोनाल्डोले विज्ञप्तिमा जनाएका छन्।

क्लबले आफ्नो विज्ञप्तिमा रोनाल्डो रियल मड्रिडको ठूलो विम्ब रहेको उल्लेख गरेको छ।

‘आफूलाई विश्वको सर्बोत्कृष्ट खेलाडीका रुपमा परिचित गर्ने विश्वको उत्कृष्ट खेलाडी प्रति रियल मड्रिड आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘रियल मड्रिड सधै तिम्रो घर हुनेछ।’

रोनाल्डो यूभेन्ट्सकै महँगो खेलाडीका रुपमा क्लबसँग अावद्ध हुन लागेका हुन्। यसअघि क्लबले गोन्जालो हुगाईनलाई ७५.३ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।

२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रोनाल्डो रियल मड्रिड आएका थिए। त्यसयता क्लबका लागि ४५१ गोल गर्दै उनी सर्बाधिक गोलस्कोरर बनेका थिए।

रियल मड्रिड आएपछि रोनाल्डो चारपटक विश्वका सर्बोत्कृष्ट खेलाडी बने। उनले २०१३,२०१४ २०१६ र २०१७ मा बालोन डी ओर जितेका थिए। त्यसअघि उनले २००८ विश्वका सर्बोश्रेष्ठ खेलाडीलाई दिइने यो अवार्ड जितेका थिए।

पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका छन्। २०१४ र २०१७ को भने फाइनलमा नै उनले गोल गरेका थिए।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: