कान्तिपुर र काठमाडौं पोस्टका प्रधान सम्पादकद्वारा संयुक्त राजीनामा


कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएका छन्। 

दुवै सम्पादकले मंगलबार दिउँसो आ–आफ्नो समाचार कक्षमा पत्रकारहरूलाई राजीनामाबारे जानकारी गराएका हुन्। यसबारे व्यवस्थापनबाट बुधबार औपचारिक जानकारी आउने उनीहरूले बताएका थिए।

दुवै सम्पादकको केही समयदेखि व्यवस्थापनसँग मतभिन्नता रहेको र पछिल्ला दिनमा दुवै पक्षबीच छलफल भए पनि सहमतिमा पुग्न नसकेको कान्तिपुरका पत्रकार बताउँछन्।

कान्तिपुरका पूर्व सम्पादक नारायण वाग्ले र काठमाडौं पोस्टका प्रतीक प्रधानले सन् २००८ मा राजीनामा दिएपछि शर्मा र उपाध्यायले १० वर्षदेखि पत्रिकाको नेतृत्व सम्हाल्दै आएका थिए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: