बैंकबाट पैसा झिकेर फर्किंदै गर्दा १७ लाख चोरी


महोत्तरीको जलेश्वरमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले मंगलबार दिउँसो सरपल्लो बजारका सञ्जिव शाहको साथबाट रकम लुटेको हो । उनी मनी ट्रान्सफरका सञ्चालक हुन् ।

रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीको भनाइ छ ।

लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: