अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा औंल्याएका छन् ।
डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन् । सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ ।
रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ । सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ । निमोनियाका कारण मृत्युको खतरा रहन्छ । अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ ।
डा. केसीलाई एअरलिफ्टबाट काठमाण्डु लैजान चिकित्सकहरूले सुझाव दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. केसीलाई काठमाण्डु लैजानुको विकल्प नभएको चिकित्सकहरूले बताएका हुन् । चिकित्सकहरुले उनलाई समयमा काठमाण्डु लगेर उपचार नगरे जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।




- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
- डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश
- ‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली
- त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’
- बालिका निर्मलाको डीएनए अब अमेरिका जांच हुने
- काठमान्डौमा थप ट्राफिक लाईट थपिदै
- यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर
