स्पेनिस फुटबलको नयाँ प्रशिक्षकमा इनरिके


बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इनरिके स्पेनिस फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । विश्वकपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनमै इनरिके दुई वर्षका लागि टोलीको प्रशिक्षक नियुक्त गरेको हो ।

स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुवियल्सले सोमबार पत्रकार सम्मेलनमार्फत ४८ वर्षे इन्रिके सर्वसम्मत रुपमा प्रशिक्षक नियुक्त भएको बताएका छन् । प्रशिक्षकका लागि आवश्यक सबै आधारण उनीसँग रहेको बताइएको छ ।

विश्वकप सुरु हुने केहि दिनअघि मात्र तत्कालिन प्रशिक्षक जुलेन लोपेटेगुइलाई रियल म्याड्रिडले आफ्नो नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरेपछि उनी बर्खास्त भएका थिए । त्यसपछि संघले पूर्व स्पोर्टिङ डाइरेक्टर फर्नान्डो हेइरोलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।

विश्व कपबाट चाडै बाहिरिनु परेपछि कार्यवहाक प्रशिक्षक हेइरोले आइतबार आफ्नो पद छाडेका थिए । आयोजक स्पेनसँग टाइब्रेकरमा पराजित हुँदै स्पेन विश्व कपबाट बाहरिएको थियो । इनरिकेले यसअघि रोमा, सेल्टा भिगोलाई प्रशिक्षण दिएका थिए । बार्सिलोनमा तीन वर्ष रहँदा उनले टोलीलाई ३ ला लिगा, ३ कोपा डेल रे र एउटा च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।

आर्सनलका तत्कालिन प्रशिक्षक आर्सनल वेङ्गरले पद त्यागेपछि रियल र बार्सिलोनका पूर्व मिडफिल्डर समेत रहेका इन्रिेकलाई उनको उत्तराधिकारिका रुपमा हेरिएको थियो । सोमबार नै स्पेनिस फुटबल संघले पूर्व स्पेनिस खेलाडी समेत रहेका एट्लेटिको म्याड्रिड र डिपोर्टिभो लाकुरुनाका पूर्व गोलकिपरलाई स्पोर्टिङ डाइरेक्टर नियुक्त गरेको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: