इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर


धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ । 

नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालिका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम ९१६ मंसिर–१५ जेठ० सम्म ८ रुपैयाँ ४० पैसा र वर्षायाम ९१६ जेठ–१५ मंसिर० सम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि ९स्कालेसन० पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताएका छन् । निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको बतार्ईको छ । पीपीएअनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: