प्रभु बैंकको शाखा कार्यालय मुस्ताङमा


संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले मुस्ताङ जिल्ला, थासाङ गाउँपालिका, वडा नं. २ कोबाङमा थासाङ शाखा कार्यालय र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा नाशोङ शाखा, शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
मुस्ताङको थासाङ गाउँपालिका, वडा नं. २ कोबाङ स्थित बैंकको थासाङ शाखा कार्यालय थासाङ गाउँपालिका अध्यक्ष श्री बुद्धिप्रसाद शेरचनज्यूबाट र मनाङ जिल्ला, नाशोङ गाउँपालिका, वडा नं. ३ धारापानीमा स्थित बैंकको नाशोङ शाखा, कार्यालय नाशोङ गाउँपालिका अध्यक्ष श्री चन्द्र घलेज्यूबाट एक समारोहका विच समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा मुस्ताङ र मनाङ जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको थासाङ शाखा र नाशोङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: