विश्वभरका नेपाली ब्युँझाउने तीज गीत ‘दरको लहर’ सार्वजनिक


ओएसआर डिजिटलको व्यानरमा पारु रन्जितको नयाँ तीज म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

नेपाली महिलाहरुको महान् चाड तीजलाई लक्षित गर्दै ‘दरको लहर चलिसक्यो अमेरिका सम्म’ नामक यो गीत भिडियो सहित सार्वजनिक भएको हो ।
करिस्मा मानन्धरको नृत्य रहेको यस भिडियोमा स्वर पारु रन्जितकै रहेको छ । श्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका छन् । भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन् । शब्द तथा संगीतमा बाबुल गिरी छन् ।

नेपालीहरुमा तीजको समयमा महिलाहरु ब्रत बस्नुपर्ने, माइतीघर गई दर खानुपर्ने, बर्ष दिनभर घरपरिवारबाट भोग्नुपरेका दुःख र वेदनाहरु आपसी भेटघाटमा पोखेर मनलाई शान्त बनाउने लगायतका कुराहरु समेटिएका छन् ।

पछिल्लो समय नेपालीहरु भएका सबैजसो ठाऊँमा तीज पर्व मान्ने र दर खाने प्रचलन बढ्दै गएको कुरालाई समेत गीतले समेटेको छ ।
विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आषाढको अन्त्य हुन लागेसँगै बजारमा तीजगीतहरु एकपछि अर्को गरी सार्वजनिक हुने क्रम शुरु भएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: