मौद्रिक नीतिले ब्याजदरको समस्या सम्बोधन गर्छ : अर्थमन्त्री


अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिएका छन् । राष्ट्रिय सभामा सोमबार सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै खतिवडाले सो कुराको जानकारी दिएका हुन् । 

उनले आगामी बर्षको मौद्रिक नीतिले ब्याजदरको समस्या सम्बोधन गर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय गरी ७२१ वटा सरकारको बजेट निमार्ण भएकाले राजश्व मात्र नभई बजेट खर्च गर्ने अधिकार र आन्तरिक ऋण उठाउने क्षेत्र समेत बाँडिएको उल्लेख गरे । अर्थमन्त्री खतिवडाले एकै क्षेत्रमा आउने गरेको बजेट धेरै क्षेत्रमा बाडिँदा बजेटको आकार उपयुक्त भएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उनले बजेट भूगोल तथा जनसंख्या र अन्य सूचकका आधारमा बजेट सन्तुलित रहेको उल्लेख गरे । उनले बजेटले संघीयतलाई अंगालेको हुनाले संघमा रहेका कार्यक्रम पनि स्थानीय तह र प्रदेश तहबाटै कार्यन्वयन हुने बताए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: