मृगौला पीडितलाई युके सोसाइटीको सहयोग


रुम्जटार युके सोसाइटीले दुवै मृगौला फेल भएका सन्तोष भुजेललाई उपचारका लागि ४ लाख ८ हजार ६ सय ७२ रुपैंया सहयोग गरेको छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ रुम्जाटारका भूजेल बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहँदा दुबै मृगौला काम नगर्ने भएपछि उपचारका लागि सोसाइटीले सहयोग गरेको हो। भुजेलेको अहिले भक्तपुरमा उपचार भइरहेको छ।

कामको शिलशिलामा बिरामी भइ स्वदेश फर्किएका भुजेलको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोगस्वरुप वडा कार्यालयमार्फत रकम भुजेलको परिवारलाई हस्तान्तरण गरिएको वडा सदस्य प्रकाश कट्वालले जानकारी दिए।

सहयोग रकम सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले हस्तान्तरण गरे। रुम्जाटार युके सोसाइटी रुम्जाटारबाट रोजगारीको शिलशिलामा बेलायत गएका रुम्जाटारेलीको सामाजिक संस्था हो।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: