‘तारक मेहताका उल्टा चश्मा’ का चर्चित कलाकार आजादको निधन


भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलकार कवि कुमार आजादको निधन भएको छ। यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । कलाकार कवि कुमार आजादको मृत्यु हृदयघातका कारण भएको हो ।

केही दिन पहिले यी कलाकारले ट्व‍िटर एकाउन्टबाट एक तस्विर पोस्ट गरेका थिए । यस तस्विरमा यी कलाकारले भनेका थिए, ‘कसैले भनेको छ, भोली होस या नहोस, म भन्छु पल होस न होस हरक्षण जिउनु ।’

कलाकारको मृत्युले भारतीय टिभी क्षेत्रलाई ठुलो झट्का लागेको छ। समाचार अनुसार कलाकारले सन् २०१० मा आफ्नो ८० किलोको तौल सर्जरीबाट घटाएका थिए । यस सर्जरीपछि उनको दैनिक जीवन सहज भएको थियो ।

एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘मेरो अभिनय दर्शकले मन पराइदिनु भएकोमा मलाई धेरै खुसी लागेको छ ।’ ‘तारक मेहता का उल्टा चश्मा’ का कारण कवि कुमार आजादको परिचयन घर घरसम्म पुगेको थियो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: