चर्चित ‘ग्याङ्गस्टर’ मुन्नाको गोली हानेर हत्या


भारतको उत्तरप्रदेशमा चर्चित ग्याङ्गस्टर ५१ वर्षीय मुन्ना बजरङ्गी को सोमवार बागपत जेलमै‌ गोली हानेर हत्या गरिएको छ। पूर्व बसपा विधायक लोकेश दीक्षितसँग रकम मागेको आरोपमा बागपत अदालतमा आज बजरंगीको पेशीको दिन थियो । 

त्यहीकारण उनलाई आइतवार मध्यराति झाँसी जेलबाट बागपत ल्याइएको थियो । त्यस क्रममा कुख्यात अपराधी सुनिल राठी र विक्की सुनहेडासँगै उनलाई अलग कोठामा राखिएको थियो । बागपतका जेलर, डेपुटी जेलरसहित चारजना जेलकर्मीलाई त्यहाँको सरकारले निलम्बन गरेको छ । न्यायिक जाँचको पनि आदेश दिइएको छ।

२९ जुनमा मुन्ना बजरंगीकी पत्नी सीमा सिंहले आफ्ना पतिको ज्यानमा खतरा रहेको बताउँदै यो कुरा मुख्यमन्त्री योगी आदित्यनाथलाई भन्ने बताएकी थिइन् ।

उनले पतिको उचित सुरक्षा पनि माग गरेकी थिइन् । पतिको नक्कली इनकाउन्टरको षड्यन्त्र बनाइँदै गरेको भन्दै उनले सरकारसँग गुहार मागेकी थिइन् । उनले युपी एसटीएफ, पुलिसका अधिकारी र केही सरकारी अधिकारी नै षड्यन्त्रमा लागेको उनलले बताएकी थिइन् ।

मुन्ना बजरंगीको खास नाम नाम प्रेम प्रकाश सिंह थियो । बजरंगीले सन् १९८४ मा लुटपछि एक व्यापारीको हत्या गरेका थिए । उनी भाजपा नेता रामचंद्र सिंह र भाजपा विधायक कृष्णानन्द रायको हत्यामा पनि आरोपी थिए।

उनीमाथि भारतीय सरकारले सात लाख रुपैयाँ मूल्य पनि तोकेको थियो । २९ अक्टोबर २००९ मा दिल्ली पुलिसले मुन्नालाई मुम्बईको मलाड इलाकाबाट गिरफ्तार गरेको थियो ।

उनलाई त्यसपछि अलग-अलग जेलमा राखिएको थियो । पछिल्लो एक वर्षदेखि उनी झाँसीको जेलमा बन्दी थिए । सन् २०१२ मा उले जौनपुरको मडियाहुँ सिटबाट आफ्नो दलको टिकटबाट विधानसभा चुनाव लडेका थिए तर पराजित हुन पुगे ।

सन् २०१७ मा बजरंगीकी पत्नी सीमा सिंहले आफ्नो दलको टिकटमा विधानसभा चुनाव लडेकी थिइन् तर उनी पनि पराजित भइन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: