सामाजिक तथा आर्थिक रुपान्तरणका लागि योग


ग्रुवेन ताैजले

हामी एक्काइसौं शताब्दीमा आएर विश्व विकास चरम शिखरमा पुगिसकेको छ तर पनि हाम्रो समाज विभिन्न कथा व्यथा, रोग र व्याधि तनाबबाट ग्रस्त बनिरहेको प्रष्ट देख्न सकिन्छ । भगवानको अनुकम्पनद्वारा सिर्जित प्राकृतिक श्रोत र साधनहरु नष्ट गर्ने कार्य प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी मानवबाट नै भइरहेको छ । जस्तै वन विनासको कारणबाट मात्रै आज विश्वले बाढी पहिरो जस्तो विनासकारी कार्यलाई भोग्नु परिरहेको छ भने अत्याधिक वायू प्रदुषणको कारणले ग्लोबल वार्मिङ जस्ता जटिल समस्या विश्वले भोग्नु परेको छ ।
दैनिक उपभोग गर्ने खाद्य पदार्थ उत्पादन गर्ने खेतबारीमा पनि प्राङ्गारिक मलको साटोमा अत्याधिक मात्रामा रसायनिक मलको प्रयोग अनि किटनाशक विषादीको प्रयोगले गर्दा जमिनको उर्वरा शक्तिमा ह्रास आउनु त छँदैछ, आम मानिसको शरीरमा मन्द विषको मात्रा बढ्दै जाने र यस्ता रसायनको प्रयोगले मानिसमा अनेकौं किसिमका रोगहरु लाग्न थालिसकेको तथ्य पनि हाम्रो सामु सार्वजनिक भइरहेका छन् ।

भारतको पञ्जाबमा गरिएको एक खोज तथ्यांकले के देखाएको छ भने यस्ता रसायनिक पदार्थहरु प्रयोग गरिएको जमिन मुनिको पानी समेत प्रदुषण हुने गरेको र इनार, बोरिङ, ट्युबेलको माध्यमबाट प्रयोग गरिएको पानी पिउनाले त्यहाँका जनातामा अत्याधिक मात्रामा शरीरका विभिन्न अंगमा क्यान्सर रोग लागेको पाइएको छ भने ह्दयघाट, श्वासप्रश्वास सम्बन्धी रोग, मृगौला कलेजो र पेट सम्बन्धी विभिन्न रोगहरु पनि लागेको पाइएको छ ।

 

यस्ता रासायनिक पदार्थको प्रवेशबाट हाम्रो शरीरमा रहेको रोगसँग लड्ने क्षमतामा ह्रास ल्याइदिनु र मानव मस्तिष्कमा समेत असर गरि अत्याधिक डिप्रेशन, माइग्रेन जस्तो भयानक रोगहरु पनि लागेको तथ्य छ । यसरी शरीरका विभिन्न अंगहरु कमजोर भएपछि मानिसका नकारात्मक सोचको विकास हुन थाल्छ । जो विनासको वाटो हो ।
विभिन्न शारीरिक रोगबाट मानसिक रोगहरुबाट नकारात्मक सोचबाट बच्न जिवनलाई सुखमय, शान्तिमय, उमंगमय सकरात्मक सोचमय बनाई जिवनलाई धन्य बनाउन मानव आत्मालाई परमात्मासँग मिलन गराउने एक मात्र सरल उपयोग हो ।समाजमा हामीले भोग्देै आएका सामाजीक विकृति र विसंगतिहरु जस्तै गरिव अशिक्षा बेरोजगारी भ्रष्टाचार लैंिगंक विभेद जातिय भेदभाव र लागु औषधिको कुलत जस्ता थुप्रै समस्याहरुले ग्रस्त समाजलाई यस्ता विकृति र विसंगतिहरुबाट मुक्त गरी एउटा शान्तीगमी समाज प्रेमपूर्ण समाज स्वस्थ समाज र आपसी भाइचारा समाज आजको यूगको आवश्यकता हो । जसलाई केवल योगले मात्र सरल र सहज रुपमा डोर्याउन सक्छ ।

मानवतावादी राष्ट्रभक्तका निर्माण गरेर समाज परिवर्तनका लागि राष्टले त्यस्ता व्यक्तिको आशा गरेको छ । किनकी योगले शरीर मात्र पूर्ण स्वस्थ बनाउँदैन मानसिक र बौद्धिक रुपमा पनि पूर्ण स्वस्थ बनाउनुका साथै व्यक्तित्व निर्माण व्यक्तिगत अनुशासन समाजप्रतिको उत्तरदायित्व राष्ट्रभक्ति मानव प्रेम र चरित्रको जागृती गर्दछ ।
समाजले खाजेको र राजेको सुन्दर, शान्त, स्वास्थ र समृद्ध समाज निर्माण गर्नको लागि हामी सबैले तनमनले संकल्प भएर विचारले पवित्र भएर दैनिक योग साधना गर्नु अपरिहार्य छ । योग मानव जीवनलाई हर क्षेत्रमा सफल बनाउन आवश्यक दार्शनिक, वस्तुगत र व्यवहारिक प्रणाली हो । मानिसलाई हर क्षेत्रमा सफल बनाउनको लागि सहयोग गर्ने बैज्ञानिक दर्शन भएको हुनाले आध्यात्मवादी र भौतिकवादी जुनसुकै दर्शनको अनुयायीले पनि यसलाई अंगाल्न आएका छन्

योगले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउनुक साथै मानिस भित्र रहेको ज्ञान विज्ञानलाई पनि प्रष्फुटन गराउँछ । मानिस एक्काइसैं शताब्दीमा आएर विज्ञानको यति ठूलो विकास भएर पनि, मानव र मानव कल्याणको विषयमा ठूलो ज्ञान भएर पनि, स्वास्थ्य क्षेत्रमा यति ठूलो फड्को मारिसक्दा पनि दिन प्रतिदिन मानिसमा साध्य तथा असाध्य रोगहरुले जरा गाड्दा विशव स्वास्थ्य क्षेत्र ठूलो चिन्तामा छ । आधुनिक स्वास्थ्य उपाचार पद्दतिमा ठूलै उपलब्धी प्राप्त गरेको भएता पनि मानवमा स्वास्थ्य चेतनाको कमी टड्कारो देखिएकोले विगत २०१५ इ.सं. देखि मानव स्वास्थ्यको लागि पौराणिक योग पद्दतिलाई अति आवश्यकता महसुस गरी संयुक्त राष्ट्र संघको महासभाले सन २०१४ डिसेम्बर ११ का दिन हरेक वर्षको जुन २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरी सकेको छ र यसलाई विश्वले स्वीकार गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । अब कुरा आउँछ स्वस्थ मानव जीवनसँग सम्बन्धित योगबाट कसरी आर्थिक रुपान्तरण गर्न सकिन्छ ? भनिएकै पनि छ ज्भबतिज ष्क ध्भबतिज स्वास्थ्य नै धन हो । आर्थिक रुपान्तरण भनेको पनि करिब करिब यही होइन र ? मानिस अस्वस्थ हुनु भनेको नै उसको शरीरको विभिन्न अंगहरु जस्तैः Brain, Liver, Heart, Spleen, Kidney, Stomach, Legs, Hands, Eyes आदि कमजोर हुनु हो, कमजोर ठाउँमा नै रोगले धावा बोल्ने हो । अस्वस्थ मानिसको मष्टिष्क कुनै हालतमा पनि पूर्ण स्वस्थ हुन सक्दैन । भनिएको पनि छ‘A sound mind in a sound body’ स्वस्थ शरीरमा मात्र स्वस्थ मानसिकता रहन सक्छ । आजको विश्वले कृषि, पशुपालन क्षेत्रमा ठूलो फड्को मारेको त छँदैछ तर त्यसैमा मानव स्वास्थ्यलाई हानिकारक तत्वहरु मिसाएर आर्थिक प्रलोभनमा पनि मानव स्वास्थ्यमा ठूलो क्षति पुर्याई रहेको छ ।

जस्तो कि कृषि उपजहरु हरिया मौसमी तरकारी तथा खाद्य वस्तुहरुमा अन्धाधुन्द किटनाशक औषधि कृषि खाद्यको नाममा नचाहिंदा रसायनिक केमिकलहरु जस्ता पदार्थहरु प्रयोगले मानव अंगहरुमा ठूलो प्रतिकूल असर पार्ने गरेको छ । त्यति मात्र होर दुध र दुधजन्य पदार्थहरुमा समेत steroid, uren जस्ता विभिन्न स्वास्थ्यलाई नराम्रो असर पार्ने वस्तुहरु मिसाइएको पाइएको समाचारहरु पनि विभिन्न विद्युतिय तथा छापा समाचार माध्यमहरु बाट पटक पटक सुन्दै पढ्दै आएका पनि छौं । यसरी खाद्यमा अखाद्य पदार्थहरुको मिसावटबाट मानवको विभिन्न शारिरिक अंगहरुले काम गर्न छाद्दै जान्दछन् । अर्थात कमजोर भई रोग ग्रस्थ हुन थाल्दछ । जस्तो Kidney damage or failure, Heart attack & other heart diseases, liver damage

आदि अब यो मानव अंगहरुलाई फेर्न वा प्रत्यारोपण गर्नु पर्दा अर्को स्वस्थ्य व्यक्ति हो । स्वस्थ् अंग पहिचान र स्वस्थ्य व्यक्तिको अंगलाई आंशिक वा पुरै निकाले पछि अव उक्त स्वस्थ्य व्यक्ति पनि पूर्ण स्वस्थ्य रहला छ ? फेरी अंग प्रत्यारोपण गर्दा स्वदेश तथा विदेशमा दशलाख, वीसलाख पचास लाख मात्र होइन करोडौ धनराशी खर्च हुने गरेको समाचारहरु पनि हामीले बेला वेलामा सुन्दै आएका छौं । यसरी अरवौं अरब राष्ट्रको सम्पत्ति यौटै आफ्नो स्वास्थ्य प्रतिको लापरवाही गर्दा अनुत्पादक रुपमा खर्च भएर खेर गइरहेको छ । यस्ता अनुत्पादक मुलुक, पिडादायक अर्चलाई मात्र रोक्न सके देशको आर्थिक, रुपान्तरणमा सहयोगी हुन सकेन र ? हो यसको लागी मानवमा सर्वप्रथम आफै स्वास्थ्य चेतना हुनुप¥यो आफूलाई चिन्नु प¥यो, आफु र आफ्नो अनि समाजको स्वास्थ्को विषयमा सचेत र सजग हुनुपर्यो । आफु र आफ्नो अनि समाजको स्वास्थ्यको विषयमा सचेत र सजग हुनुप¥यो । यी सवै कुराहरु सिकाउन अर्थम् यी स्वास्थ्य समस्याहरुको समाधानको एक मात्र उपाय हो योग ।

योग अन्तर्गत मानिले शारिरिक एवं मानसिक स्वास्थ् रहन सक्छ । त्यसैले योग र प्राणायम यस्तो चिज हो जसले मानिसको शारिरिक एवं मानसिक स्वस्थ रहन त सिकाउँछ नै साथै आध्यामिक चिन्तनबाट जिवन के हो ? जगत के हो ? म को हुँ , म कहाँबाट आयेँ ? यस लोकमा आउनको मेरो उद्देश्य के हो ? अब मलाई जान कता छ ? मोक्ष के हो ? खानपान कस्तो गर्नुुपर्छ ? परिवार के हो र कस्तो हुनुपर्छ ? समाज के हो यसमा के र कस्ता किसिमले बाँच्नुपर्छ ? जस्ता मिठा मिठा जीवनोपयोगी जातहरु, पनि प्राप्त गरी हामी आनन्दमय, स्वस्थ्य भएपछि उसले कृषि, उद्योग र आयमुलक कार्यक्रम संचालन गर्न सक्दछ । स्वस्थ्य भएपछि मान्छेमा जोस दिन्छ, जागर रहन्छ, स्वस्थ्य सप्वेन राष्ट्रप्रेमको सोच रहन्छ । कृषिमा मात्र प्रांगरिक कृषि प्रणालीबाट बच्न सकिने त भयो नै र स्वस्थ् तरीकाले आफनै देशमा विभिन्न व्यवसाय गरी आर्थिक आय आर्जन गरी सक्षम र स्वस्थ नागरिक बन्न सक्छौं देशमा विभिन्न आय मूलक व्यवसाय चलाउन सकेमा बढि भन्दा बढि बस्तुहरुको आया दर स्वतः घट्दै जान्छ जसले राष्ट्रलाई आर्थिक समृद्धि तर्फ उन्मुख गरी नै हाल्छ र यसरी नै राष्ट्र आर्थिक समृद्धि तिर बढ्ने हो । हरित क्रान्ति, कृषि, उद्योग क्रान्तिहरु स्वतः जन जनमा चेतनाको रुपमा फैलिदै जान्छ र यसमा यसरी उत्पादनमा विकाश हुन थाल्दछ । जसले गर्दा बढी भन्दा बढी वस्तुहरुमा राष्ट्र आत्मनिर्भर बन्दै जान्छ ।

यसरी नै राष्ट्रको आर्थिक रुपान्तरण द्रुत गतिले अगाडि बढ्डछ । यसो भएको हुँदा प्रत्येक मानिसले आफु र आफ्नो स्वास्थ्यलाई चिनौं, अनि प्रत्येक दिन समय मिलाएर अनिवार्य रुपमा योग ध्यान प्राणायाम गरौ स्वस्थ नागरिक बनौं । स्वास्थ नागरिक नै स्वस्थ र आर्थिक रुपले सम्पन्न राष्ट्रको मूल आधार हो ।
योग गरौं निरोगी बनौं ।
राष्ट्रका लागि उपयोगी बनौं ।

 तौजले पतञ्जलि याेग समिति नेपाल अन्तरगत ५ नम्बर प्रदेशका अध्यक्ष (प्रभारी) हुन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: