विश्वकपको क्वाटरफाइनलमा स्वीडेन र इंग्ल्यान्डबीचको खेल सुरु


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा स्वीडेन र इंग्ल्यान्डबीचको खेल सुरु भएको छ । रसियाको समरा एरिनामा सुरु भएको खेलमा दुबै जितको खोजिमा छन् ।

स्वीडेनले प्रिक्वाटरफाइनलमा स्वीट्जरल्यान्डलाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । स्वीडेन समूह एफको विजेता हो । स्वीडेनले समूह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई १–० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा भने जर्मनीसँग स्वीडेन २–१ गोलअन्तरले पराजित भएको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा मेक्सिकोलाई ३–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

इता, इंग्ल्यान्डले भने आफ्नो समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने पानामालाई ६–१ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० गोलले पराजित हुदै इंग्ल्यान्ड समूह उपविजेता बनेको थियो । इंग्ल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: