क्वार्टरफाइनलका लागि बेकह्याम र इब्राहिमोभिचको बाजी


इङ्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम र स्विडेनका पूर्व कप्ता ज्लाटान इब्राहिमोभिचले विश्वकपमा आज इङ्ल्यान्ड र स्विडेनबीच हुने क्वार्टरफाइनलमा बाजी राखेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इब्राहिमोभिच अहिले एमएलएस टोली एलए ग्यालेक्सीबाट खेल्दैछन् । जुन क्लबमा बेकह्यामले पनि केहि वर्ष बिताएका थिए । बेकह्यामले सबैखाले फुटबलबाट सन्यास लिएको केहि वर्ष बितिसक्यो । दुवै खेलाडीको खेल जीवन लगभग समान क्लबमै बितेको थियो । म्यानचेस्टर युनाइटडे, पेरिस सेन्ट जर्मेन र एसी मिलानबाट दुवैले खेलेका थिए ।

विश्वकप चलिरहँदा उनीहरु पनि यसबाट अलग रहन सकेनन् र इब्राहिमोभिचले बेकह्यामलाई शर्त लगाएका छन् । ‘इङ्ल्यान्डले जित्यो भने म तिमिले संसारको जुन ठाँउमा भन्छौ त्यहाँ डिनर गराउने छु,’ ट्वीटमार्फत इब्राहिमोभिचको शर्त छ, ‘यदि स्विडेन थियो भने आइकिएबाट तिमिलाई जे किन्दिदा पनि हुन्छ । आइकिए फिर्निचर उत्पादनको चर्चित कम्पनी हो ।’

बेकह्यामले पनि त्यसको जवाफ दिएका छन् । ‘यदि स्विडेनले जित्यो भने तिमिलाई आइकिए लान्छु । त्यहाँ एलएको तिम्रो नयाँ घरमा जे आवश्यक छ त्यो लिन सक्छौं,’ इन्स्टाग्राममार्फत उनकोको अर्को शर्त छ, ‘तर इङ्ल्यान्ड जित्यो भने तिमि इङ्ल्यान्डको खेल हेर्न बेम्ब्ली गएर इङ्ल्यान्डको जर्सी लगाउनु पर्दछ । अनि मध्यान्तरमा माछा र चिप्सको मजा लिउला ।’

उनीहरुको मध्यस्तताका रुपमा एलए ग्यालेक्सीले ट्वीट गरेको छ, बाजीका शर्तहरु तय भएका छन् । इङ्ल्यान्ड र स्विडेनबीच रसियामा जारी विश्वकपको तेस्रो क्वार्टरफाइनल आज साँझ नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुँदैछ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: