पर्यटनको विकासमा नेतृत्वको भूमिका


दुर्गादत्त ढकाल, कार्यकारी निर्देशक, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान

केही ज्ञान लिन, केहीकुरा हेर्न, बुझन, अवलोकन गर्न, अनुसनधान गर्न तथा मन बहलाउन भनि एक ठाँउवाट अर्को ठाँउमा कम्तिमा पनि एक दिन र एक रातको लागि जाने मानिसहरु नै वास्तवमा पर्यटक हुन। विश्व पर्यटन संगठनको परिभाषा पनि यस्तैखाले देखिन्छ। त्यसैले सबै देशमा आन्तरिक स्वदेशी र वाह्रय विदेशी पर्यटकहरु हुन्छन भनेर मानिएको हो। ती पर्यटकको इच्छा, अपेक्षा र आकाक्षालाई भरथेग गरी उनिहरुलाई भरोशा दिलाउने काम नै पर्यटन उद्योगको काम हो। यिनै कामका लागि कुनैपनि देशमा सार्वजनिक, सामुदायिक र निजी प्रशासनिक कृयाकलापहरु कृयाशिल भइरहँदा नेपाल पनि यसभन्दा अलग आईभरी टावरमा रहन सक्दैन्। सोचेको, भनेको र गरेको कामका वीचमा सधै रहने दुरीले गर्दा नै नेपाल लगायतका अतीकम विकशित देशहरुमा पर्यटन प्रशासनमा नेतृत्वको भुमिका राम्रो नदेखिएको हो। भनिन्छ नेताले सम्मान माग्दैनन् आर्जन गर्छन्। पर्यटन व्यवसाय सम्वन्धित नेतृत्व यसै सिद्दान्तवाट निर्देशित हुनै पर्दछ भन्छन् केही बुझेकाहरुले।

कुशलताले डोरिएको नेतृत्व, तथ्यमा अडिएको निर्णय र केही गरौ भन्ने भावनाले ओतप्रोत भएको नियत नै प्रशासनको आफ्नो अस्तित्व जोगाउने आधारहरु हुन्। रक्षा कवजहरु हुन्। काममा प्रभावकारिता हासिल गर्दै सरोकारवालाको मन जित्ने माध्यमहरु हुन्। यी गहनतम विषयहरुलाई पनि कलुषित भावना बोकेका कर्मचारी, स्वार्थी मनसाय लिएका उद्धमी तथा निजी स्वार्थमा रमाउन चाहने सामाजिक अगुवाहरुले अगाल्न हिचकिचाएको देखिन्छ। भनिन्छ कामको सम्मान पर्यटनको मुल्य, मान्यता र सिद्दान्त नेतृत्वका लागि नभई नहुने गुणहरु हुन्। तर दीर्घकालिन सोचाई र स्पष्टता अनि खास दृष्टिकोण विनाको नेतृत्वले पर्यटनमा जन अपेक्षालाई समाउन सक्दैन। पर्यटन प्रवर्धनको विषयमा प्रशासनिक नेतृत्व सरल सहजकारी र उत्प्रेरित तथा राजनैतिक नेतृत्व चुम्वकीय हुनु वान्छनीय मानिदै आएको तथ्य हो। नेपालको सन्दर्भमा पनि यो सिद्दान्तले अझबढी महत्व राख्न सक्छ।

सन् १३ सेक्टेम्बर २०१२ मा वेलायती नागरिक डेल सेपार्डले स्पेनको मड्रीडमा पाईला टेकेपछि उनलाई एक अरव पर्यटक भनिएको रहेछ। त्यसपछिका दिनहरुमा विश्वमा पर्यटकको संख्या दिनानुदिन बढदै गएको देखिएको छ। पर्यटन प्रवर्धनको दृष्टिकोणले यसलाई शुभसंकेत मान्नै पर्दछ। विश्वमा विश्व पर्यटन संगठनले एक अर्व पर्यटकःएक अर्व अवसर भन्ने नारा घन्काएको धेरै भएतापनि नेपाल जस्ता साधनस्रोतका धनी तर चिन्तन र व्यवस्थापन कौशलताका गरिब देशहरुले खासै फायदा लिन सिकेको अवस्था देखिन्न। यसको पछाडि नेतृत्वको अक्षमतालाई पनि प्रमुख रुपमा जिम्मेवार ठान्न सकिन्छ। त्यसैले पर्यटनको समुचित प्रवर्धनको लागि प्रशासनको भूमिका निर्णायक देखिन आएको हो।

कुनै वेला चाडक्यले भनेका थिए ‌ूराम्रो व्यवहार गर्न, सिक्न र उपयोगी काममा धन खर्च गर्न राम्रो आचरण चाहिन्छ।ूयो पर्यटन क्षेत्रमा जनशक्ति विकासको विषय हो। नेपाल लगायतका देशका यस्तो चेतना नआएको हो वा क्षमता नभएको हो वा ईमान्दारितामा कमी भएर हो वा राज्यको नीतिगत दृष्टिकोण नपुगेर हो पर्यटकप्रतिको व्यवहारमा क्षमता र सम्मानमा पनि यदाकदा खोट देखिएका समाचारहरु वेलावेलामा आउछन। राम्रो व्यवहार सिकेर देश र जनताप्रति उत्तरदायी हुनेगरी पर्यटन क्षेत्रको जनशक्ति विकासमा आवश्यकता अनुसारको लगानी गर्न र राम्रो रोजगारी सृजना गर्न सकेको अवस्था देखिन्न। फलत न्यून आय थोरै कमाई सिमित लगानीको चक्रमा नेपाल परेको देखिएको छ। यो चक्रवाट उन्मुक्ति दिलाउने सोच शैली र काम नै पर्यटनको नेतृत्वको हो। राजनीति र प्रशासनले ईमान्दारीता नैतिकता र वफादारिताको कल्पनामात्र गरिरहने हो भने विराट मानवीय सपनाको कार्यान्वयनको ईतिहास वेवारिशी लास झै पछारिने नियतिमा पुग्ने गरेको विश्व ईतिहास साक्षी छ। त्यसैले भन्ने गरिएको होला सबैले आ(आफ्नो हिस्साको दियो बालेमा देशको पर्यटनको सबै क्षेत्रहरुमा समुन्तिको उज्यालो छाई देश उन्नतिको उज्यालोमा लाग्छ। यसको लागि उच्च स्तरिय नेतृत्व नीतिगत रुपमा कृयाशिल हुने र कार्यगत नेतृत्वले परिणामलाई सुनिश्चितता प्रदान गर्नु पर्दछ।

अवको प्रशासननिक नेतृत्वको प्रभावकारितालाई सामाजिक मुल्यसंग जोडेर हेर्ने र मुल्याङकन गर्ने गरिन्छ।त्यसैले सामाजिक मुल्य मान्यता तथा संस्कृतिलाई उजागर गर्दै फस्टाएको पर्यटन उद्योगले मात्र दीगोपन हासिल गर्न सक्छ। यसको लागि रिसोर्ट, सामुदायिक होम स्टे, योगा प्रदर्शन, धार्मिक प्रवचन प्रार्थनाहरु र प्रदर्शनीहरु छहरा छाँगा र झरनाहरुको उद्योगजन्य प्रयोग उपयोगी हुन सक्छन्। त्यसैगरी हिमालको आरोहण तथा नदीहरुमा गरिने(याफटिङ आदि साहसिक पर्यटनजन्य व्यवसायले परदेशका पर्यटकहरुलाई तान्न सक्छन। हिमाल, पहाड र समथर भूभागहरु मिलेर बनेको सुन्दर देशमा प्राकृतिक मनोरम दृश्यहरुको उजागर गरी चाहिएको सख्या र गुणका पर्यटकहरु तान्ने सकिने थियो। तर त्यो संख्या ७(८ लाखमा खुम्चिनु पर्यटनको प्रशासनको लागि प्रमुख चुनौति हो। तर नेपालमा अल्ट्रा म्याराथुन, जीप फलाईङ, हाई रोप्स, रक क्लाईमिङ्, हिंउ स्की, बन्जी जम्पिङ देखि जेट स्की सम्मका विश्वको प्रतिनिधीमुलक साहसिक मनोरन्जनात्मक खेलहरु संचालित छन्। तर विश्ववजारमा राम्रो तरिकाले प्रचारप्रशार गर्न नसकिनु र तिनको उपलब्धता अवस्था पनि ज्यादै न्यून रहेको देखिनुले यस क्षेत्रको समग्र प्रशासनमाथि औला उठाएको अवस्था छ। अर्कोतिर पर्यटन ऐन २०३५ देखि अन्य कानुनहरुले कतिपय पर्यटन व्यवसायहरु अनिवार्यरुपमा पर्यटन निकायहरुमा दर्ता गर्न बाध्य पारेको स्थिति पनि देखिन्न। त्यसैले पर्यटन सम्बद्ध सबै व्यवसायहरु सम्वन्धित सरकारी निकायमा दर्ता गरेर मात्र चलाउन पाइने कानुनी व्यवस्था गर्नै पर्दछ। नेपालका धेरै पर्यटन व्यवसायीहरु पनि सरकारको मान्यता चाहन्छन।

हिमालहरुको आरोहणलाई थप दीगो र भरपर्दो बनाउन नेपाल सरकारले आरोहणका लागिखुला गरेका ‍र गर्ने सबै हिमालहरुको पीक प्रोफायल बनाई छिटै विश्व पर्यटन बजारमा पु(याउनु पर्दछ।

देखिएका उपलब्धिहरु ः

  • केही कमजोरीहरु देखिएको भएतापनि नेपालको पर्यटन विकासको क्षेत्रमा सरकारी निजी तथा सामुदायिक क्षेत्रको प्रयासवाट धेरै उपलब्धिहरु हासिल भएको देखिएको छ।
  • -पर्यटकको मनोरन्जन तथा जीतहारको लत शान्तपार्न सन् २०२३ देखि प्रशासनिक निर्णयको आधारमा संचालन ईजाजत तथा नविकरण हुदै आएको क्यासिनो व्यवसायमा वि सं २०७० मा क्यासिनो नियमावली जारी भई क्यासिनो खेललाई केहीहदसम्म कानुनको दायरामा ल्याउने काम भएको छ। हरेक वर्ष वजेट संगै जारी हुने आर्थिक ऐनले क्यासिनो तथा आधुनिक मेसिन वा उपकरणको माध्यमवाट मात्र खेलाइने खेलको रोयल्टी निर्धारण गर्ने गरेको छ।

– होटल तथा रिसोर्टमा हुनुपर्ने सुविधाको विषयमा एउटा निश्चित मापदण्ड कायम गरी स्तर वर्गिकरण गर्न संवत् २०७० मा मापदण्ड तयार गरी लागु गरिएको छ र यसमा समसामयिक संशोधन पनि भैसकेको छ।

– पर्यटन उद्योग सेवा प्रवाह निर्दशिका २०७० जारी भई ट्राभल ट्रेकिङ होटल तथा रिसोर्टको दर्ता नविकरण तथा सुविधाको विषयमा कार्यविधी र प्रकृया तोकिएको छ।

  • – सन् २०२० सम्म २० लाखको संख्यामा पर्यटक भित्र्याउने रणनीति सहित सन् २०१६ देखि २०२५ सम्मको पर्यटन रणनीति तयार गरी लागु गरिएको छ।

– यसैवर्ष देखि हवाई उडड्यन सुरक्षाको विषयमा नेपालको नेपालको विगत देखिको प्रयास र प्रतिवेदनको आधारमा नेपाललाई कालोसूचीवाट हटाएको छ। फलत हवाई उडानको दृष्टिकोणले नेपाल सुरक्षित गन्तव्य मुलुकमा दरिन पुगेको छ। तर पनि यसमा हाम्रो निरन्तरको प्रयास संख्यात्मक र गुणात्मक रुपमा अगाडि बढ्नु पर्दछ

अतः हरेक चिजमा त्यसलाई नष्ट गर्ने दुर्गुण पनि रहेको हुन्छ। त्यसलाई समयमै चिनेर हटाउँदै गुणहरुलाई उजागर गर्न सकेमा मात्र सोचे अनुरुपको सफलता हासिल गर्न सकिन्छ भन्ने ल्पेटोको भनाईलाई मनन गर्दै नेपालमा पर्यटनमा सबै तह र तप्काको नेतृत्वले पर्यटनको विकास र विस्तारका सबै संभावनाहरुको उजागर गर्नु जरुरी भएको छ। यसको लागि दक्ष सक्षम तथा उत्पेरित जनशक्तिको विकास र परिचालन अपरिहार्य मानिन्छ भनिरहँदा उत्प्रेरित सहजीकरण गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता अपरिहार्य मानिन्छ नै। यसले मात्र साँचो अर्थमा पर्यटनको विकास गर्न सक्छ भन्छन यसका ज्ञाताहरु।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: