नेपालमा तयारी ढोकाहरू प्रति अाकर्षण बढ्दाे छ


माेहन भट्टरार्इ

हाल निर्माण क्षेत्रकाे निम्ति आवश्यक पर्ने  विभिन्न वस्तुहरु आयात तथा विक्रीको काम गर्दै आउनुभएका भट्टराईले तयारी ढोका, आल्मुनियमका सामानहरु, सोलार चिम्नी लगायतका सामानहरुको काम गर्दै आउनुभएको छ । विगत ३-४ बर्ष पहिले देखि भने ऊहाँले सेक्युरिटी कम्पनी समेत सञ्चालन गर्दै आउनुभएको छ । सेफ्टी एण्ड सेक्युरिटी भन्ने मान्यता सहित क्यापिटल फोर्स सेक्युरिटी कम्पनी ऊहाँ मातहत सञ्चालनमा छ । हाल यस कम्पनीले कलेज, विजनेश ग्रुप, बैंक, कर्पोरेट कम्पनी लगायतमा आवश्यक जनशक्ति आपुर्तिको काम यसले गर्दै आएको छ । विगत ६ बर्ष देखि सानिभेरी सहकारी समेत ऊहाँले सञ्चालन गर्दै आउनुभएको छ । हाल निर्माण सामाग्री व्यवसाय अन्तरगत काम गर्दै आउनुभएका भट्टराई घर निर्माण लगायतका कामहरुमा समेत सक्रिय रहँदै आउनुभएको छ ।  उनै भट्टरार्इकाे अनुभवमा नेपालमा तयारी ढाेकाेहरू प्रति उपभाेक्ताकाे चासाे कस्ताे छ भन्ने सम्बन्धी  तयार पारिएकाे सामाग्री यहाँ प्रस्तुत गरिएकाे छ

तयारी ढोका प्रति उपभोक्ताको आकर्षण बढ्दो ः
नेपालमा काठको अभाव हुँदै गएको र छिटो सेवा खोज्ने ग्राहकहरुको माग बढ्दै गएको अहिलेको परिस्थितिमा यस रेडिमेड ढोकाहरुको बजार निरन्तर बढ्दै गएको छ । अहिले नेपालमा पनि ४÷५ ओटा रेडिमेड ढोका उत्पादन गर्ने कम्पनीहरु सञ्चालनमा आइसकेका भएपनि नेपालका कम्पनीहरुले गुणस्तरीय सामान उत्पादन गर्न सकेको पाईंदैन । यसैकारण हाल भारत वा अन्य देशबाट आयात हुने रेडिमेड ढोकाहरु प्रति नै मानिसहरुको आकर्षण बढी छ ।
तयारी ढोका प्रयोग गर्ने क्रममा यसका केही थप सकारात्मक पक्षहरु पनि छन् । नेपालमा तयारी खापाहरु आयात गर्ने क्रममा नेपालमा केही मात्रामा भएपनि वन विनाशमा समेत कमी आएको मोहन भट्टराई बताउनुहुन्छ । नेपालमा उत्पादित काठ चिसो वा काँचो हुनसक्ने तर आयातित खापा मेसिनबाट नै निश्चित मापदण्ड बमोजिम तयार हुने भएको कारण पसाङ्गिने वा किरा लाग्ने लगायतका समस्याहरुबाट सुरक्षित मानिने समेत भट्टराई बताउनुहुन्छ ।

तुलनात्मक रुपमा सस्ता छन् आयातित फर्निचर ः
हाल नेपालमा रेडिमेड साढे दुई तले घर बनाउने क्रममा १ देखि डेढ लाख रकम लगानीमा नै रेडिमेड ढोकाहरुबाट घर बनाउन सकिने र यसबाट लगभग आधा जस्तो रकम सस्तो समेत पर्ने भएको कारण समेत नेपालीहरु आयातित काठका ढोकाहरुमा नै आकर्षित भएको समेत भट्टराईले बताउनुभयो । यसैको परिणाम हुनुपर्छ, अहिले काठमाडौंमा बनेका करिब ८० प्रतिशत घरहरुमा रेडिमेड ढोका नै प्रयोग भइरहेको छ ।
नेपालमा अहिले सूर्य, शिखर लगायतका प्लाई कम्पनीहरुले यो काम गरिरहेका छन् । नेपालमा सञ्चालनमा रहेका कम्पनीहरुले पनि खेर गएका काठहरुलाई प्रयोग गरेर यस्ता ढोकाहरु निर्माणको काम गर्ने काम शुरु गरेका छन् । यसबाट सिङ्गो काठ नै बिगारेर ढोका बनाउँदा हुन सक्ने नोक्सानीमा समेत निकै कमी आएको छ ।

बार्षिक कारोबार ः
हाल बार्षिक करिब १५ करोड रकम बराबरका रेडिमेड ढोकाहरु नेपालमा आफूले आयात गरिरहेको बताउनुहुन्छ भट्टराई । काठमाडौंको बजारमा यस्ता रेडिमेड ढोका आयात गर्ने कम्पनीहरु करिब १ दर्जनको हाराहारीमा रहेको समेत भट्टराईले बताउनुभएको छ । नेपालमा आफूले पोखरा, चितवन, धरान, विराटनगर लगायतका क्षेत्रहरुमा समेत डिलर मार्फत आयातित फर्निचरहरु विक्री गर्दै आएको समेत भट्टराईले बताउनुभयो ।

आगामी योजना ः
नेपालमा टेड्रिङ व्यवसायमा लामो समय देखि संलग्न रहँदै आउनुभएका भट्टराई आगामी दिनमा पनि नेपाली बजारको माग र आवश्यकताको आधारमा अन्य वस्तुहरु समेत भित्र्याउँदै जाने योजनामा आफू रहेको समेत ऊहाँ बताउनुहुन्छ ।

बढ्दो कारोबार ः
नेपालमा अहिले काडमाडौं भन्दा बाहिर समेत निर्माण सामाग्रीहरुको माग बढिरहेको कारण यस क्षेत्रको सम्भावना निकै नै राम्रो रहेको छ । भूकम्प भन्दा पछाडि उपत्यका भन्दा बाहिरी जिल्लामा समेत यस्ता सामानहरुको माग निकै बढेको साथै मूलूक प्रादेशिक संरचनामा गएसँगै मूलुकको विकासले गति लिने क्रममा यस्ता वस्तुहरुको बजार सम्भावना निकै नै राम्रो रहेको भट्टराईको धारणा छ । साथै व्यवसायीले समेत गुणस्तरीयतामा जोड दिन सकेको खण्डमा उपभोक्ताहरु सन्तुष्ट हुने गरेको ऊहाँ बताउनुहुन्छ । नेपालमा अहिले उपभोक्ताहरु समेत गुणस्तरीय सामानको निम्ति केही बढी रकम खर्च गर्न तयार हुने अवस्था समेत छ ।

प्राविधिक क्षेत्र ः राम्रो सुविधा
नेपालमा फर्निचर तथा निर्माण क्षेत्र व्यावसायिक मात्र नभई प्राविधिक क्षेत्र पनि हो । यस क्रममा आफूले नेपाली जनशक्तिहरुलाई नै काममा लगाउँदै आएको बताउने भट्टराई नेपालमा अहिले यस क्षेत्रमा काम गर्ने प्राविधिक जनशक्तिहरुले निकै राम्रो तलब सुविधा प्राप्त गर्ने अवस्था रहेको बताउनुहुन्छ । नेपालीहरु फर्निचर तथा आल्मुनियमको क्षेत्रमा रहेर काम गर्नको निम्ति लाज नमान्ने हो भने खाडी मुलुकमा गएर कमाउने पैसा नेपालमा नै कमाउन सकिने समेत भट्टराइले बताउनुभएको छ । नेपालमा नै रहेर मासिक १ लाख भन्दा राम्रो कमाई गर्न सकिने अवस्था भएपनि नेपालीहरु नेपालमा नै रहेर काम गर्न भने त्यत्ति चासो राख्ने गरेको पाईंदैन ।

भट्टरार्इ तयारी फर्निचर अायात क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: