भक्तपुर– भक्तपुर नगरपालिका आजदेखि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । भक्तपुर नगरपालिकामा सबै बालबालिकालाई पूर्ण खोप दिएको र अब जन्मने बच्चलाई पनि आवश्यक सबै खोप दिन सकिने भएपछि यस्तो घोषणा गरिएको हो । नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरको हुन् ।
सुवालले सरकारले गर्नुपर्ने काममा समेत आफू पन्छिएर निजीलाई जिम्मा दिने विगतका सरकारको शैली परिवर्तन गर्नुपर्ने औल्याउँदै भक्तपुर नगरपाालिकालाई भ्रष्टाचारमुक्त सदाचार नगर, स्वच्छ सफा नगर, सत्प्रतिशत भर्ना नगर, उपचार सुनिश्चितता नगर, दुव्र्यसनीमुक्त नगर, जुवातासमुक्त नगर घोषणा गर्दै लैजाने बताए । भक्तपुर अस्पतालमा समस्या नै समस्या रहेको टिप्पणी गर्दै उनले स्वास्थ्य सेवा दिने जनताको सिधैँ सम्पर्क हुने भक्तपुर अस्पतालमा जनताको गुनासोको चाङ रहेको बताए । उनले डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्दै निःशुल्क अध्ययन गराउने मेडिकल कलेज सरकार र स्थानीय सरकारलाई खोल्न दिनुपर्ने भनाइ राखे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने अवस्था आउनु नहुनेमा जोड दिए । भक्तपुर नगरपालिकाले सस्तोमा मेडिकल कलेज खोल्ने, घरघरमा नर्सिङ सेवा दिने र तीनवटा स्वास्थ्य केन्द्रबाट नगरवासीको सेवा दिइरहेको बताए । संविधानमा स्वास्थ्य निःशुल्क भन्ने उल्लेख भएकाले यसलाई कार्यान्वय गर्ने स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए ।




- रुकुममा वडा अध्यक्षले कुटे महिला
- सिरहामा मंगलबार दुई बालिका बलात्कृत : अभियुक्त प्रकाउ
- गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने
- डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश
- ‘लुट्न सके लुट कान्छा ‘गित जनताले मन पराएनन् : प्रधानमन्त्री ओली
- त्रिविका सहायक डिन साहलाई दलियो ‘कालोमोसो’
- बालिका निर्मलाको डीएनए अब अमेरिका जांच हुने
- काठमान्डौमा थप ट्राफिक लाईट थपिदै
- यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर
