प्लेअर्स टु वाच : कभानी, एमबाप्पे, नेमार, लुकाकु


काठमाडौं । विश्वकप २०१८ को क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन्। आज क्वाटरफाइनलका दुर्इ खेल हुदैछन्। उपाधी दाबेदार मानिएको फ्रान्सले बेलुकी ७:४५ बजे उरुग्वेको सामना गर्दैछ। यस्तै पाँच पटक विश्वकप जितेको ब्राजिलले ११:४५ मा बेल्जियमसँग खेल्नेछ।

आजको खेलमा चार ठूला टिम खेल्ने भएका यी स्टार खेलाडीमाथि सबैको नजर रहनेछ।

उरुग्वे: एडिसन काभानी
मेसीको जस्तै रोनाल्डोको विश्वकप यात्रा टुंग्याउन एडिसन काभानीले अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध २ गोल गरी उरुग्वेलार्इ क्वाटरफाइनलमा पुर्‍याए। ३१ वर्षिय काभानीले उरुग्वेका लागि १०५ खेलमा ४५ गोल गरिसकेका छन्। पेरिस सेन्ट-जर्मनबाट फुटबल खेल्दै आएका काभानीलार्इ मोर्डन स्ट्राइकर भन्ने गरिन्छ। एक सशक्त स्ट्राइकरका रुपमा उनले विभिन्न क्लबबाट खेल्दै ३२३ गोल गरिसकेका छन्।

पिएसजिबाटै खेल्ने युवा खेलाडी किलिएन एमबाप्पे काभानीका लागि चुनौतिका रुपमा रहनेछन्। खेलका क्रममा घाइते भएका काभानी फ्रान्ससँग पूरै खेलमा नखेलेपनि उनले खेलमा केही महत्वपूर्ण भूमिका निभाउने बताइएको छ। रसियामा ३ गोल गरिसकेका काभानीले आजको खेलमा गोल गरी उरुग्वेलार्इ विजयी बनाएको खण्डमा गोल्डेन बुटका लागि उनको दाबेदार समेत बलियो हुनेछ। लिग वान २०१७ का उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीका रुपमा सम्मानित भएका काभानी २००७ बाट व्यवसाहिक फुटबल खेल्दै आएका छन्।

फ्रान्स : किलिएन एम्बापे
प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनालार्इ ४-३ ले पराजित गर्दा किलियन एम्बापेले फ्रान्सका लागि २ गोल गरे। विश्वकप जित्ने इच्छाका साथ खेलिरहेका लियोनल मेसीलार्इ एम्बाप्पेले स्तब्ध पारे। फ्रान्सको जितसँगै किलिएन एम्बाप्पे एकाएक चर्चामा आए र उनलार्इ मेसीको उत्तराधिकारी, पेले, रोनाल्डो, पोग्बा जस्ता खेलाडीहरुसँग तुलना गरिन थालियो।


१८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका १९ वर्षिय एम्बाप्पेले १९ खेलमा ७ गोल गरिसकेका छन्। रसियामा मात्र उनले ३ गोल गरिसकेका छन्। पेरुसँगको खेलमा पनि फ्रान्स उनकै गोलले विजयी भइ अन्तिम १६ मा पुगेको थियो। उक्त गोलले उनलार्इ फ्रान्सका लागि गोल गर्ने कान्छा खेलाडी बनायो। मोनाको क्ल्बबाट फुटबल खेल्न सुरु गरेका एम्बाप्पे हाल पेरिस सेन्ट-जर्मनबाट खेल्दैछन्। व्यवसाहिक फुटबलमा उनले ५२ गोल गरिसकेका छन्। युरोपबाट फुटबल खेल्ने उत्कृष्ट फुटबल खेल्ने खेलाडीलार्इ दिइने गोलेडेन बोइ अवार्ड २०१७ मा एम्बाप्पेलार्इ दिइएको थियो।
एम्बाप्पेका पिता उनको फुटबल कोच थिए भने उनकी आमा पूर्व ह्यान्डबल खेलाडी हुन्। १० नम्बर जर्सीका साथ मैदानमा देखिने एम्बापेसँग उरुग्वे जस्तो बलियो टोलीसँग पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।

ब्राजिल: नेमार
नेमार विश्वकै सर्वाधिक महँगा खेलाडी हुन्। पेरिस सेन्ट-जर्मनबाट खेल्नुपूर्व उनी बार्सिलोनाबाट फुटबल खेल्दथे। ब्राजिलका लागि उनले ८९ खेलमा ५७ गोल गरिसकेका छन्। रसियामा जारी विश्वकपमा ब्राजिललार्इ अन्तिम १६ मा पुर्‍याउन नेमारले महत्वपूर्ण भूमिका निभाएका थिए। मेक्सिको विरुद्धको खेलमा ब्राजिललार्इ विजयी बनाउने क्रममा उनले एक गोल गरेका थिए।

नेमारले १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। क्लब फुटबलमा उनले २६९ गोल गरिसकेका छन्। मेसी, रोनाल्डो जस्ता विश्वकै उत्कृष्ट फुटबल खेलाडीकै नामसँग नेमारको नाम आउने गदर्छ। मेसी र रोनाल्डोको टोली विश्वकपबाट बाहिरिसक्दा नेमारले ब्राजिलियन टोलीलार्इ कहाँसम्म पुर्‍याउलान भन्नेमा सबैको नजर रहेको छ।

ब्राजिलका स्टार खेलाडी नेमारको रसिया विश्वकपमा प्रशंसा गर्ने भन्दा आलोचना गर्ने धेरै छन्। मैदानमा धेरै लडिरहने र जानीजानी नाटक गर्ने भएकाले नेमारको प्रदर्शन छाँयामा परेको हो। उनले प्रिक्वाटरफाइनल खेलमा मेक्सिको विरुद्ध मैदानका देखाएको व्यवहारप्रति उनको धेरैले आलोचना गरेका हुन्। कतिले त उनलार्इ फुटबलरभन्दा राम्रो एक्टर सम्म पनि भने। फिफाले पनि उक्त व्यवहार प्रति नेमारलार्इ जरिवाना तिराएको छ। बेल्जियमसँगको खेलमा उनलार्इ आफ्नो व्यवहार सुधार्दै ब्राजिललार्इ सेमिफाइनलसम्म पुर्‍याउनु पर्ने चुनौती रहेको छ।

बेल्जियम: रोमेलु लुकाकु
रसिया विश्वकपको उपाधी दाबेबदार मानिएको बेल्जियमविरुद्ध आज मैदानमा पाँच पटक विश्वकप उपाधी जितिसकेको ब्राजिल भिड्दै छ। बेल्जियमका रोमेलु लुकाकुले पानामा र ट्युनिसियाविरुद्धको खेलमा दुर्इ-दुर्इ गोल गरि टोलीलार्इ अन्तिम १६ मा पुर्‍याउन प्रमुख भूमिका निभाएका थिए। यसैसँग उनले बेल्जियमबाट ७२ खेल्दै ४० गोल पुरा गरेका छन्।


रसिया विश्वकपमा सर्वाधिक ६ गोल गरेका ह्यारी केनपछि ४ गोल सहित रोमेलु लुकाकु गोल्डेन बुटको प्रतिस्पर्धा पनि रहेका छन्। त्यसैले पनि उनीमाथि आज धेरैको नजर रहनेछ। २३ वर्ष हुनुअघि प्रिमियर लिगमा ५० भन्दा बढी गोल गर्ने उनी ५ खेलाडीमध्ये एक हुन्। २५ वर्षीय लुकाकु म्यानचेस्टर युनाइटेडका प्रभावशाली स्ट्राइकर हुन्। एभर्टन, म्यान युनाइटेड लगायत विभिन्न क्लबहरुमा खेलेर उनले हालसम्म १७२ गोल गरिसकेका छन्।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: