अधिनायकवाद !


“अधिनायकवाद”

जिन्दगीमा नयाँ अध्यायको सुरुवात गरेसँगै 
स्वर्णिम रातको कल्पनालाई तिलाञ्जली दिँदै,
मातृभुमीको विशाल छातीमा,
ओत लागेर,
कयौं वैरीहरुका विरुद्ध उत्रिएपछि,

भर्खरै उदाउँदै गरेको रविको चम्किलो प्रभालाई
अकस्मात आएको
बादलको कालो धब्बाले छेकेजस्तै
बालापनलाई लुकाँदै गरेकी
चेलीको उज्यालो चेहरा, लुकाईदिएपछि,

चेलीहरुको सुदर्शन मुहारको खोजीका लागि
हिँडेको हुँ म,

महाशय,
पारीको नुन खाएर,
वारीको विशाल सिंहाशनमा बस्नेहरुलाई के थाहा ?
दुर वस्तीको पिडा ।

आमाको काखलाई भुल्दै
बाको मुहारसँग समेत बेखवर बनि,
हजारौं कोपिलाहरुको सुन्दर मुहार देख्ने आशामा,
धर्तिको रक्षाका निम्ति भएको हुँ भुमिगत,

हजारौं कोपिलाहरु नफुल्दै ओईलिएका छन्
हजारौं आमाका कोख रित्तिएका छन्,
हजारौं चेलीहरु, लुटिएका छन्,

पारीको भजन गाएर, वारी महलमा आई सुत्नेहरु
पारीको नुन खाएर, वारीको खुन पिउनेहरु
एकपटक फर्क, हेर, अनि सोच,
म हुँदा र नहुँदा कति फरक पर्छ,

राज्यद्रोहीको झुटो आरोपमा
कयौं निर्दोश जिन्दगी लुटिएपछि,
कयौं कोपिलाहरु नफुल्दै झरेपछि
निस्केको हुँ आगोको ज्वाला बनि,
क्रान्तिको विगुल फुक्दै,

मलाई अधिनायकवादको परिचय दिनु अघि,
महाशय,
एक पटक सोच,
हेर, तिम्रो मातृ नयन,
छाम, बाको हात र महशुस गर
तिम्रा लागि जर्खरिएका हातको ठेला ।

तिमी, यहाँ खुलेआम भाषण पिटिररहेका छौ,
– यो पनि हामी जस्ता केही युवाहरुको वलिदानीको फल हो
– यहि प्राप्तिका लागि सयौं कोपिलाहरु सहिद बनेका छन् ।

-परिवर्तन देवकोटा

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: