यी हुन् २०७४ सालको उत्कृष्ट तस्वीरहरू


फोटो अफ दि इयर जितेको फोटो ।

काठमाडौँ । फोटो पत्रकार क्लवको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको फोटो अफ द इयर घोषित भएको छ।

यसैगरी दिपेन्द्र रोक्काको फोटोले नेपाल स्माइल विधा जित्यो भने डेली लाइफ विधामा सुनिता डंगोलले बाजी मारिन्। त्यस्तै अंगद ढकालले न्युज विधाको उपाधि जित्दा नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे। त्यस्तै स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो।

न्युज विधामा दोस्रो बन्न सफल संजोग मानन्धरको फोटो ।

डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो। न्युज विधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए। नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो।

कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो। स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो। नेपाल स्माइलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो। त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कैे फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठका फोटोहरु तेस्रो भयो।

न्युज विधामा तेस्रो भएको स्कन्द गौतमको फोटो।

 

फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेकाछन्। पुरस्कृत फोटोहरुसहितका फोटोहरु काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ।

मुख्य जज पाब्लोले पिजे क्लवले गरेको यो प्रतियोगिता दक्षिण एसियामा नै उत्कृष्ट भएको बताए। दक्षिण एसियाका अन्य देशहरुले यस्तो प्रतियोगिता नगरेको बताए। उनले वर्ल्ड प्रेस फोटो अफ दि इयर १९९५ मा जितेका थिए।

डेली न्युजमा पहिलो भएको सुनिता डंगोलको फोटो ।

यसैगरी यस वर्षको फोटो अफ दि इयरको विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते वापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई दिने बताए। उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए। उनले फोटो जिते वापत १ लाख रुपैयाँ नगद पाएका छन्।

डेली लाइफमा दोस्रो भएको दुर्गा राना मगरको फोटो ।

डेली लाइफमा तेस्रो भएको केशव थापाको फोटो ।

कल्चर एन्ड टुरिजममा पहिलो भएको किरण श्रेष्ठको फोटो ।

कल्चर एन्ड टुरिजममा दोस्रो भएको दिनेश श्रेष्ठको फोटो ।

नेपाल स्माइलमा पहिलो भएको दिपेन्द्र रोक्काको फोटो ।

न्युज विधामा पहिलो भएको अंगद ढकालको फोटो ।

कल्चर एन्ड टुरिजममा तेस्रो भएको अजय मानन्धरको फोटो ।

नेपाल स्माइलमा पहिलो भएको दिपेन्द्र रोक्काको फोटो ।

स्पोर्टसमा पहिलो भएको प्रतिक रायमाझीको फोटो ।

स्पोर्टसमा दोस्रो भएको रविक उपाध्यायको फोटो ।

स्पोर्टसमा तेस्रो भएको उज्वल चन्द्र बुद्धाचार्यको फोटो ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: