दाङमा टेलिफोन सेवा अवरुद्व


दाङको घोराही उपमहानगरपालिकाको कटुवाखोलामा डाइभर्सन बनाउने क्रममा अप्टीकल फाइबर काटिए पछि दाङको टेलिफोन सेवा अवरुद्व भएको छ ।

मंगलबार दिउँसो देखि नेपाल टेलिकम र यस अन्तर्गत सञ्चालित निजी कम्पनीका सबै फोन सेवा अवरुद्व भएको टेलिकमले जनाएको छ ।

बाढीले सोमबार कटुवाखोलाको डाईभर्सन बगाएपछि सडक अबरुद्ध भएको थियो । पुल निर्माणका क्रममा बनाइएको डाइभर्सन भरपर्दो नहुँदा यातायात सञ्चालनमा समेत समस्या भैरहेको छ ।

आज डोजर लगाएर डाइभर्सन बनाउने क्रममा फाइबर काटिएको हो ।

एक्कासी फोन सेवा अवरुद्व भएपछि उपभोक्ताहरु सञ्चारबिहीन भएका छन् । निर्माण शुरु भएको चार वर्ष बितिसक्दा पनि पुल निर्माणमा उल्लेख्य प्रगति हुन सकेको छैन ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: