गुल्मी पुनर्संरचनामा जनताको उपेक्षा

  • – चन्द्र भण्डारीलाई खुल्ला पत्र

  • चन्द्र भण्डारी ज्यु,
    तपाई गुल्मी क्षेत्र नं २ को संबिधान सभा चुनाबको प्रत्यक्ष निर्वाचित सभासद तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य पनि हो। त्यो तपाई गर्वका साथ स्विकार्नु हुन्छ होला । तर जनताको रुपमा हामीले कहिल्यै पनि तपाईलाई हाम्रो सभासद भनेर अनुभूत गर्न पाएनौँ । हिजो तपाईका आक्रामक चुनाबी नारा हाल अमेरिकाका नव निर्वाचित रास्ट्रपति डोनाल्ड ट्रंपका भन्दा कम थिएनन् । चुनाबमा केहि मतको अग्रताले बिजयी भएर संसद भवनमा प्रवेश गरे पछिको यो ३ वर्षमा जिल्लाका लागि, जनताका लागि र तपाइको व्यक्तिगत हितको लागि के कति गर्नु भयो भन्ने कुरा देखिएको पनि छ र आगामी दिनमा हेर्दै पनि जाउँला।

    bhuwan-gautamकेहि महिना अघि मात्र बडागाउँमा लागेको आगलागी तथा बढिगाढ खोलाले क्षति पुर्याएको रुपाकोटको सोता बजार गएर पलेटी कसेर दिएको अभिव्यक्ति अहिले आउँदा तपाइले भित्रै मन देखि पिडा महसुस गरेर दिएको अभिव्यक्ति हो जस्तो लागेको छैन। तपाइले पनि जनताको मर्म भुझ्नु हुन्छ वा बुझ्ने कोशिश गर्नु हुन्छ भन्ने महसुस पटक्कै हुन सकेको छैन । आखिर नेता न पर्नु भयो त्यसैले गर्नु भएको छ त फगत स्वार्थि राजनीति। चुनावी नारा बुन्न र बेच्न माहिर हुनुहुन्छ भन्ने कुरा पहिले नै बुझेको हो। होइन भने जिल्लाको पुनर्संरचनामा त्यत्रो किचलो हुँदा एकपटक पनि जनताको अभिमत अनुसार काम गर्न तपाइंको चासो नजानु दुखद मात्र होइन खेदजनक छ। जुन तपाईंकै मतदाताले पनि भनेको कुरा हो।

    तपाईको पार्टी सरकारमा भएको बेला पुनर्संरचनाको काम अगाडी बढ्यो। देशभर नगरपालिका र गाउँपालिकाको किचलो छ। तपाई हाम्रो क्षेत्रको जन निर्वाचित व्यक्ति हो। तपाई जिल्ला तथा क्षेत्रमा भएको असन्तुस्टिलाई जबर्जस्त दबाएर केन्द्रको आयोगले बनाएको गाउँपालिका केन्द्र हेरी मुसुमुसु हाँसीरहनु भएको होला। तपाई नहाँसेको भए, आफ्नो जिल्लाको पुनसंरचनामा पनि चासो हुन्थ्यो भने रिंडीमा आगो बल्दा अलिकति पनि पोलेन ? तुराङ्गको मजुवा बजार ३ दिन यातायात बन्द हुँदा कति पटक फोन गरेर बुझ्ने प्रयास गर्नु भयो ? आफ्नै बुवा-आमा छोडेर दशैंमा टिका थाप्न जानु भएका बलिथुम बोटेगाउँका बासिन्दाले गौंडाकोट जान टाढा पर्छ भनेर चाहेको कुरा खै बुझ्न सकेको ? राजाले जस्तो टिका लगाइदिनु भएका तपाईका बुवा-आम सरहका वृद्धाहरुलाइ तिमीहरु गौडाकोट सम्म पुग भन्दा अलिकति पनि अप्ठेरो लागेन ?  के तपाईलाई जुभुङ्गबासीले भोट हालेनन् होला ? रुपाकोटमा तपाईको पार्टिकै बाहुल्य भएको ठाउँको आवाज खोई सुनेको ?

    स्थानीय जनतासंग सरोकार र नेतासंग परामर्श नै नगरी मनपरी केन्द्र बनाउने, आयोगले तोकेको केन्द्र सर्बसम्मत हुनुपर्ने तपाइँ लगायतका नेताले के जिल्लालाई चिरा चिरा पार्ने तपाईहरुको बारीमा फलेको काँक्रो हो ? के जुभुङ्गको तल्लो भेगमा गएर अहिलेको केन्द्र ठिक छ भन्ने साहस गर्न सक्नु हुन्छ ? मजुवा जस्तो ठाउँमा केन्द्र सिफारिस गरिदिनुस भनेर ५ वटा गाबिसको सहमति पत्र बोकेर प्रसासन जाँदा सम्म, बिरोध गर्दा सम्म पनि तपाईहरु केन्द्रलाई राजनैतिक तरिकाले पाखा लगाउनु भएको छ। थाहा छ नेताज्यु , मजुवा एमालेको पकड छ भनेर तपाईहरु एकलौटी निर्णय पारित गराउनु भयो। विपक्षी बस्ने क्षेत्र भनेर उपेक्षा गर्ने तपाइको राजनीति हो भने अब राजनीति गर्न सोच्नु भने हुन्छ। नेता भनेको जनताको चाहना अनुसारको काम गर्न सक्ने हुनु पर्छ न कि प्रतिसोध साँध्ने । राजनीति एउटा चुनावको लागि गँरिदैन भन्ने हामीले सिकाउनु पर्दैन होला । फेरी पनि चुनाव आउँछन । कुन मुख लिएर जुभुङ, मजुवा, बलिथुम पुग्नुहुन्छ हेरौंला।

    स्मरण रहोस नेताज्यू आज तपाईहरुले तोकेको केन्द्रलाई भोलिका सन्ततिले पक्कै पनि तपाईहरुलाई सराप्ने छन् र तेस्को दोष काट्न चार धामले पनि अपर्याप्त होला। जनताको राजनीति दिघो र सबैको प्यारो हुन्छ भनेर म जस्ताले तपाईलाई सिकाइरहन पनि ठान्दिन।

    जनताको जे जस्तो भए पनि तपाइंको जीवन सुखले खान पुगोस दिन पुगोस।
    हाल: काठमाडौँ

    स्रोत :  gulminews.com

    Comment

    Related News 

    © 2016 All right reserved to

    DMCA.com Protection Status

    webs counters
    Total Count
    %d bloggers like this:
    Loading...