साेच्दै नसाेचेकाे कुरा


गजल

कतै नभेटिएकाे मजा एक्लाेपनमा अाउँछ ।
साेच्दै नसाेचेकाे कुरा पनि मनमा अाउँछ ।।

के छ र सर्लक्कै अाकाश पाताल जाेडिदेऊ ।
जाेश जाँगर भएभरकाे जम्मै याैवनमा अाउँछ ।।

सायद यही भएर साेचेका कुरा पूरा हुँदैन।
मान्छे जन्मिदै अर्काकाे खटनमा अाउँछ ।।

मन परेकाे मान्छे अाँखामा राख्दा बिझाउँदैन ।
फेरि उही मान्छे धड्किन धड्कनमा अाउँछ ।।

पक्कै जिन्दगीभर् खुशी हुन्छ सुखी हुन्छ ।
जुन् मान्छे छहारी लाग्न मेराे जीवनमा अाउँछ ।।

  • एउटा वुलन्द आवाज
Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: