झमक घिमिरे सम्मानित


साहित्यकार झमक घिमिरे सम्मानित भएकी छन् । 

दमक पब्लिक लाइब्रेरी र हिमालय बोर्डिङ स्कुल, दमकले बिहीबार घिमिरेलाई दमक सम्मान प्रदान गरेको हो ।

लाइब्रेरीले आफ्नो सातौं स्थापना दिवस अवसर पारेर दमकमा सम्मान गरेको हो ।

विशेष गरी युवा पुस्ताका लागि घिमिरेको योगदान प्रेरणादायी रहेकाले यस वर्षको दमक सम्मान उनलाई प्रदान गरेको लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले बताए ।

प्रमुख अतिथि प्रदेश १ का सांसद अर्जुन राईले नगद १५ हजार र ताम्रापत्र हस्तान्तरण गरेका थिए ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: