गोम बिक्रमका ३ मुक्तक


मुक्तक-१

जिन्दगीका जंघारहरु, सँगै तरौं भनेकै थिएँ 
नौलो जीवन थालूँ भनी, बाटो नयाँ खनेकै थिएँ ।
पछुतो छैन छोडी हाल्यौ, पाइला अन्तै मोडी हाल्यौ
के पुग्थेन मुना तिम्लाई !, म नि मदन बनेकै थिएँ ।

मुक्तक-२

जूनको खोजमा कति तारा, चालीसकेँ मस्तसित
उनको निम्ति गुनको दियो, बालीसकेँ मस्तसित
छाँगाबाट खसे झैं भएँ, मुटुमा छुरी धसे झैं भएँ
भन्दियौ तिमी जस्ता कति, फटालीसकेँ मस्तसित ।

मुक्तक-३

यति साँचो लाऊ कि माया, कसैसित
झुक्न नपरोस्
छाती खोलेर हिँड सधै, कतै पनि
लुक्न नपरोस्
कुरा काट्ने काटीरहून, बल्छी थाप्ने
थापीरहून
हार्ने छैन अमर माया, लोभ गरुन
थुक्न नपरोस् ।

-गोम बिक्रम
कल्लाबारी, पाल्पा ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: