कोलम्बियासँग पराजित हुदै पोल्यान्ड विश्वकपबाट बाहिरियो


मस्को । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा कोलम्बियासँग ३–० गोलले पराजित भएसँगै पोल्यान्ड विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । पोल्यान्ड लगातार दुई खेलमा पराजित भएसँगै विश्वकप फुटबलको समूह चरणदेखि नै बाहिरिएको हो ।

खेलको ४० औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । १–० गोलले पहिलो हाफसम्म पछि रहेको पोल्यान्डले दोस्रो हाफमा भने थप २ गोल खान पुग्यो ।

खेलको ७० औं मिनेटमा राडमेल फल्काओले गोल गर्दै कोलम्बियालाई २–० गोलको अग्रतामा पुर्याएका थिए । खेलको ७५ औं मिनेटमा जुआन चुआड्राडोले गोल गर्दै पोल्यान्डमाथि कोलम्बियालाई ३–० गोलको जित दिलाएका हुन् ।

पोल्यान्डमाथि शानदार जित हात पारेको कोलम्बियाको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै रहको छ । यता, पराजित पोल्यान्डभने विश्वकपदेखि नै बाहिरिएको छ ।
अब यो समूह एच बाट कोलम्बिया, जापान र सेनेगलमध्ये २ टिम विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: