अमेरिकामा १८ जना नेपाली पक्राउ



बीबीसी । अमेरिकामा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली मुलुकका नागरिक पक्राउ परेका छन् । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तिमा पनि १८ नेपालीसहत ८० जनालाई पक्राउ गरिएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

त्यसबाहेक केहि चिनियाँ र मध्ये अमेरिकी देशका आप्रवासी पनि भएको समाचारमा जनाइएको छ । तर १८ नेपालीको नाम भने उल्लेख गरिएको छैन । बीबीसीले एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै लेखेको समाचारमा पक्राउ गरिएकालाई एक्लाएक्लै राखिएको छ ।

पक्राउ परेका आप्रवासीहरुलाई त्यहाँको कानुनअनुसार दुर्व्यवहार हुन सक्ने बताइएको छ ।

Comment

Related News 

© 2016-2018 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: